आईपीएलमा कसले कुन अवार्ड जिते , बलिंङ एभरेजको आधारमा सन्दिप चौथो उत्कृष्ट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 28, 2018 | 01:50:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइपीएल सिजन ११ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। क्रिकेट जगतकै सबै भन्दा ठुलो फ्रेंचाइज आइपीएलमा चेन्नई सुपर किंग्सले सनराइज हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो। पहिले ब्याटिङ गरेको सनराइज हैदरावादले दिएको १७८ रनको लक्ष्य चेन्नई सुपर किंग्सले २ विकेटको क्षतिमा १८ ओभर ३ बलमा भेट्टाएको हो। चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सेन वाटसनको उत्कृष्ट ब्याटिङको मद्दतमा चेन्नईले उपाधि माथि कब्जा जमाएको हो।  वाटसनले ५७ बलमा नटआउट ११७ रन जोडे। त्यस्तै सुरेश रैनाले २४ बलमा ३२ रन जोडे।  

यस सिजनमा कसले कुन उपाधि जिते ? 

सिजनको उत्कृष्ट मैदान : केकेआरको होम गराउंद इडेन गार्डेन कोलकता

७ भन्दा कम खेल खेलिएको उत्कृष्ट मैदान : किंग्स xi पन्जाबको मैदान मोहाली 

फाइनलको म्यान अफ द म्याच : सेन वाटसन (चेन्नई)

ईमर्जिंग प्लेयर अवार्ड: रिसब पन्त (दिल्ली डेयरडेभिल्स) 

फेयर प्ले अवार्ड: मुम्बई इन्डियन 

बेस्ट क्याच : ट्रेन्ट बोल्ट (दिल्ली डेयरडेभिल्स) , बिराट कोहलीको क्याच लिएको 

बेस्ट स्ट्राइक रेट : सुनिल नारायण (केकेआर)

मस्ट स्टाइलिस् प्लेयर : रिसब पन्त (दिल्ली डेयरडेभिल्स) 

मस्ट इनोभेटिभ थिन्किंङ : महेन्द्र सिंह धोनी ( चेन्नई)

सर्बाधिक विकेटको लागि पर्पल क्याप : एन्ड्रयु टाई २४ विकेट (किंग्स xi पन्जाब )

सर्बाधिक रनको लागि ओरेन्ज क्याप : केन विलियमसन (सनराइजर्स हैदरावाद)

मस्ट भ्यालुएबल प्लेयर : सुनिल नारायण (केकेआर)


यस पटक नेपाली क्रिकेटर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए  ।  दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले ३ खेलमा ५ विकेट लिए  ।   उनले उपाधि बिजेता बिरुद्द खेल्दै मस्ट स्टाइलिस् प्लेयर अफ द म्याचको अवार्ड समेत पाएका थिए  ।  आईपीएलको यस सिजनमा उनी बेस्ट बलिंङ् एभरेजको आधारमा चौथो उत्कृष्ट खेलाडी बनेका छन्  ।  उनको एभरेज १६.४० छ  ।  सन्दिप भन्दा अगाडि नितिश राणा, युसुफ पठान, लुंगी ङ‍‌ीदी रहेका छन्  ।  

त्यस्तै  इकोनोमी रेटको आधारमा सन्दिप ५ औ उत्कृष्ट बलर बनेका छन्  ।  सन्दिपको इकोनोमी ६.८३ छ  ।   सन्दिप भन्दा अगाडि इस सोधी,  लुंगी ङ‍‌ीदी, डारसी शर्ट, र रशिद खान रहेका छन् ।  

बेस्ट बलिंग स्ट्राइक रेटको आधारमा सन्दिप १० औ उत्कृष्ट बनेका छन्  ।  

यो पनि

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved