बिश्वकपमा ४८ टिमलाई प्रतिस्पर्धा गराउने प्रस्ताव, नेपाललाई फाइदा हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2016 | 08:34:41 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाएर ४८ पुर्याउने प्रस्ताव गरेका छन् ।  भ्रमणको क्रममा कोलम्बिया पुगेका उनले टिमको संख्या बढाउने प्रस्ताव गरेका हुन्। आफु अध्यक्षमा निर्बाचित हुँदा उनले ४० टिमलाई प्रतिस्पर्धा गर्ने ढाँचा प्रस्तव गर्ने बताएका थिए टिमको प्रस्ताव गरेका हुन्। 

उनले फुटबलको विकासलाई बिश्वब्यापीकरण गर्नको लागि टिम  संख्या बढाउने प्रस्ताव गरेका बताएका छन्। 

यस्तो हुने छ ढाँचा 

यदि उनको प्रस्ताव पारित भएमा बिश्वकपमा हाल हुने खेल संख्या ६४ बाट बढेर ८० पुग्ने छ । प्रस्तावित ढाँचा अनुसार उत्कृष्ट १६ टिमले सिधै मुख्य प्रतियोगिताको लागि 'बाई' पाउने छन् भने बाँकी ३२ टोलीबीच १६ ओटा नक आउट खेल हुने छ । त्यसपछि नक आउट खेल जितेका टोलीले मुख्य प्रतियोगितामा प्रबेश पाउने छन् । र बाँकी प्रतियोगिता हाल भईरहेकै अनुसार हुने छ । नक आउट हारेका १६ टिम भने एक खेल खेलेर घर फर्कन बाध्य हुने छन् । 

कहिले होला निर्णय ?

यस प्रस्ताव पारित भए सन् २०२६ मा हुने बिश्वकप देखि यो नियम सुरु हुने छ  । आगामी हप्ता फिफा काउन्सिलको बैठक स्विजरल्याण्डको ज्युरिकमा बस्दै छ  । त्यस बैठकमा प्रस्तावित नयाँ ढाँचा र बिश्वकप २०२६ को लागि बिडिंग प्रक्रियाको लागि छलफल हुने छ । काउन्सिलले पारित गरे २०२६ को बिश्वकपमा ४८ टिम सहभागी हुने छन् । अध्यक्ष इन्फान्टिनोले अबका केहि महिना यस बारे गहन छलफल गर्ने र जनवरी २०१७ सम्ममा ४८ टिम  बिश्वकप बारे निर्णय लिई सक्ने बताएका छन् । इन्फान्टिनो सन् २०१९ मा अध्यक्षको पदको लागि फेरी लड्ने छन् । यस अवधिमा उनको लागि ४८ टिमको बिषय महत्वपूर्ण मुद्दा हुने छ । हाल उनी निलम्बित पुर्व अध्यक्ष सेप ब्लाटरको कार्यकाल पुरा गरिरहेका छन् । 

सम्भावित विवाद

४८ टिमलाई सहभागी गराउने भनिए पनि 'बाई' पाउने १६ टोली कसरी छान्ने भन्ने बिषयमा विवाद निस्कने देखिएको छ । बरियता अनुसार गर्दा अहिलेका शिर्ष १६ मध्ये १५ टोली युरोप र दक्षिण अमेरिकाका छन् । यस हिसाबले उनीहरुले सिधै बाई पाउने निर्णय बरियतामा तल रहेका टोलीलाई अमान्य हुन् सक्छ ।

नेपाललाई फाइदा 

४८ टिमले खेलेमा एसियाबाट क्वालीफाई हुने टोलीको संख्या बढ्ने छ र त्यसबाट नेपालले लाभ लिन सक्ने छ । हाल एसियाबाट ४ देखि ५ टोली क्वालीफाई हुदै आएका छन् । जस मध्ये अस्ट्रेलियालाई पनि एसियाकै छनौटमा राखेर खेलाईन्छ । 

१९९४ देखि बिश्वकपमा ३२ टिम सहभागी हुदै आएका छन् । त्यस अघि बिश्वकपमा २४ टिम सहभागी हुदै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved