दाबेदार अर्जेन्टिना: उपाधि जित्दै मेसिको सुखद बिदाई गर्ने चाहना, यस्तो थियो बिगतको प्रदर्शन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 07:29:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी जुन १४ देखी रसियामा २१ औँ विश्वकप फुटबल सुरु हुँदैछ । विश्वकप भन्ने वित्तिक्कै अर्जेन्टिनाको नामा अग्र भागमा आउँछ । अर्जेन्टिना फुटबलका शक्तिशाली राष्ट्रमध्ये एक हो । जसले २ पटक (सन् १९७८/८६) मा विश्वकप फुटबलको उपाधि उचाल्यो । अर्जेन्टिना ३ पटक (सन् १९३०,१९९०र २०१४) विश्वकपको फाईनलमा पुगेर हारेको छ । १४ पटक कोपा अमेरिका फुटबल प्रतियोगीता जितेको अर्जेन्टिनालाई यस पटक हुन गईरहेको रसिया विश्वकप २०१८ मा उपाधि दाबेदारका रुपमा हेरिएको छ । यो टोली यसपटक स्पेनिस क्लब बार्सिलोनाका सफल स्टाइकर लियोनल मेसिको कप्तानीमा मैदान उत्रदै छ । मेसीले यस अघि अन्तराष्ट्रि फुटबलबाट सन्यास लिएको घोषणा गरेपनि अर्जेन्टिनाका राष्ट्रपति, फुटबल समर्थक र उनका फ्यानले गरेको आग्रह पछि पुनः टिममा फर्केका छन् ।

कस्तो थियो विगतको विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन हालसम्म २० आयोजना भएका २० बिश्वकप मध्ये अर्जेन्टिनाले १६ पटक भाग लिएको छ । पहिलो बिश्वकप मै अर्जेन्टिना फाइनलसम्म पुग्न सफल भएको थियो तर उरुग्वेसंग ४-२ को हार बेहोर्दै उप बिजेता मै चित्त बुझाउन बाध्य भयो । त्यसपछि लगातार ३ पटकसम्मको विश्वकपमा अर्जेन्टिना छनौट नै हुन् सकेन । त्यसपछि २४ बर्ष पछि १९५८ पुन बिश्वकपमा फर्कियो तर १३ औ हुदै समुह चरणबाट नै बाहिरियो । १९६२ मा पनि टोलीले समूह चरण पार गर्न सकेन । १९६६ मा भने टोलीले क्वाटरफाइनलसम्मको यात्रा तय गर्यो । १९७० मा फेरी अर्जेन्टिना छनौट नै हुन् सकेन । त्यसपछि भने अर्जेन्टिनाले हरेक बिश्वकपमा सहभागिता जनाउदै आएको छ ।

अर्जेन्टिनाले १९७८ मा पहिलो पटक उपाधि जित्यो । फाइनलमा नेदरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि चुमेको हो । डिफेन्डिङ च्याम्पियनको रुपमा १९८२ को बिश्वकप प्रवेश गरेको अर्जेन्टिना नक आउट चरण मै पुग्न सकेन । तर त्यसपछि १९८६ मा भएको बिश्वकपमा भने अर्जेन्टिनाले दोस्रो पटक उपाधि जित्यो । यहि प्रतियोगिता थियो जुनमा फुटबलका महान हस्ति अर्जेन्टिनी स्ट्राइकर म्याराडोनाले हातले गोल गरेको भनेर इतिहासको पानामा उल्लेख छ । क्वाटरफाइनलमा इंग्ल्यान्डसंगको खेलमा म्याराडोनाले ५१ औ मिनेटमा गरेको हातले गोल गरेका थिए ।

त्यसपछि १९९० को विश्वकपमा अर्जेन्टिनाले अघिल्लो संस्करणको खेल दोहोर्याउन सकेन र जर्मनीसँग फाइनलमा हार्यो । जर्मनीले त्यतिबेला अर्जेन्टिनासँग अघिल्लो टुर्नामेन्टको हारको बदला लियो । सन् १९९४ मा राउण्ड अफ सिक्टिन, १९९८ मा क्वाटर फाइनलबाट बाहिरिएको अर्जेन्टिना २००२ मा १८ औँ स्थानमा सिमित रह्यो । सन् २००६ र २०१० मा क्वाटरफाइनसम्म पुगेको अर्जेन्टिना क्रमशः छैठौ र पाँचौ स्थानमा रह्यो । तर त्यसपछि सन् २०१४ मा ब्राजिलमा भएको यसअघिको टुर्नामेन्टमा अर्जेन्टिना फाइनलमा पुग्यो तर उपाधि जित्न सकेन । फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले हार्यो ।

यसरी हेर्दा अर्जेन्टिनालाई उपाधि बाधक जर्मनी बनेको देखिन्छ । जर्मनीले १९९० र २०१४ मा अर्जेन्टिनालाई हराएर उपाधि उचालेको थियो । कोपा अमेरिकाको फाइनलमा टिम पराजित भएपछि मेसिले अब कहिल्यै अर्जेन्टिनाबाट नखेल्ने भन्दै सन्यास नै घोषणा गरे । तर अर्जेन्टिना राष्ट्रपति, महान फुटबलर डियागो म्याराडोना लगायत लाखौ समर्थकको आग्रहमा उनी पुन मैदान फर्किएका हुन् । यसबाट प्रष्ट हुन्छ कि, उनका समर्थकले उनीबाट धेरै आशा गरेका छन् ।

अर्जेन्टिनाले पछिल्लो पटक बिश्वकप जित्दा मेसि जन्मिएका पनि थिएनन् । मेसीले सर्वाधिक ५ पटक बालोड डि अर उपाधि पनि जितिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनाका लागी ८ पटक ला लिगा, ४ पटक च्याम्पियन लिग जिताएका मेसीबाट यसपटक ठुलो आशा गरेका छन् । उनका समर्थक र फुटबलका विश्लेषकहरुले मेसीको लागी देशलाई जिताउने यो अन्तिम र सुवर्ण अवसर आएको बताएका छन् । सन् २००६ को विश्वकपबाट खेल्न सुरु गरेका मेसीले ३ पटक विश्वकप खेले तर देशलाई उपाधि दिलाउन सकेनन् । २००६ मा विश्वकप खेल्दा मेसी १८ वर्षका थिए ।

महान खेलाडीको सुचीमा मेसि छुट्दैनन । मेसी यस पटकको विश्वकपमा अर्जेन्टिनालाई जिताएर फुटबल करियरबाट सफलतापूर्वक ल्याण्ड हुन चाहान्छन् । बिश्वकप चलिरहँदा नै मेसि ३१ बर्ष लाग्ने छन् । अर्को बिश्वकप आउँदासम्म उनी ३५ बर्ष पुग्ने छन् । यस पटक पनि उपाधि जिताउन नसके उनले सन्यास लिने निश्चित जस्तै छ । उनले यस अघि नै सन्यास लिएका थिए र अब उनलाई सन्यास लिन धेरै सोचीरहन नपर्ला । साथै अर्को विश्वकप आउँदासम्म उनी ३५ बर्षका हुनेछन् । त्यस बेलासम्म उनी फिट नै रही टोलीमा पर्छन भन्ने कुनै ग्यारेन्टी रहदैन । तर उनको त्यो चाहाना पूरा गर्न उनले कस्तो कौशल प्रस्तुत गर्छन् त्यो भने हेर्न बाँकी छ । अर्जेन्टिना हाल फिफा बरियताको दोस्रो नम्बरमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved