खेलकुद परिषदको सम्पतिमा एन्फाको मोज मस्ती, परिषदसंग न सोच, न कार्ययोजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2016 | 05:48:24 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय खेलकुद परिषद् नाभिमा कस्तुरी बोकेर यसको सुगन्ध खोज्दै हिंड्ने कस्तुरी मृग हो भन्दथे एकजना खेल विश्लेषक । परिषदको सम्पति र उसका कृयाकलाप हेर्दा त यो सही विश्लेषण हो जस्तो देखिन्छ । चार हजार रोपनी जमिन त्यसमा बनेका सुबिधा सम्पन्न रंगसशाला र कर्भड हलको दुरुपयोग र परिषदको मगन्ते शैली हेर्दा ति विश्लेषकसंग बिमती राख्नु पर्ने पनि देखिदैन ।

खेलकुदको बिकासका लागि मित्र राष्ट्रहरुले वनाइदिएका पुर्वाधारका संरचनाहरुको व्यवसायिक प्रयोग गर्ने सोच त राखेप संग छदै छैन । देशका विभिन्न ठाउमा छरिएका हजारौ रोपनी उर्बर भुमिको प्रयोगमा समेत परिषद चुकिरहेको छ । दाङको पुग नपुग ६० विघा जग्गा स्थानिय राजनीतिक दलका भुरे नेताहरुले सुकुम्वासीको नाममा हडपिएर राखेका छन् । अझ कती ठांउमा त मैदान र कर्भड हलहरु परिषदको नामनै छैनन् ।

गुल्मीको तम्घासमा रहेको कर्भड हल अहिले सम्म परिषदले आफ्नो नाममा लिन सकेको छैन । पर्वतको कुस्मा मा परिषदको नाममा रहेको जग्गामा सशस्त्र प्रहरिले क्याम्प नै खडा गरेर बसेको छ । तर परिषद काठमाडौँको कुम्भकर्ण निन्द्रामै रहेको छ । परिषदका सदस्य सचिव केशव वहादुर बिष्ट समेत आफ्नै सम्पत्तिको सवालमा अनभिज्ञ छन् । उनी भन्छन् - 'मलाई त थाहा छैन ,प्रशासनमा सोध्नुहोस् । ' जसले सिङगो परिषदको कमान्ड हाकेको छ , उसैलाई आफ्नो सम्पतिको बारेमा समेत जानकारी छैन अब उ संग परिषदको सम्पत्ती उपयोगीता सम्बन्धि योजना हुने कुरै भएन ।

सम्भावना खेल पर्यटनको , अनभिज्ञ परिषद

नेपाल भु सौन्दर्यको खानिनै हो , यहाँ खेलकुद पर्यटनको अथाह सम्भावना छ भन्छन् परिषदका सदस्य सचिब समेत रही सकेका केसव स्थापित । तर परिषद संग यस्ता बिषयमा सोच्ने फुर्सद  भए जस्तो देखिदैन । बिभिन्न ठाउँमा रहेका भौतिक संरचना र सम्पतिको उपयोग गर्ने र नयाँ सम्भावना खोज्ने हो भने नेपालको खेलकुदमा ठुलै फड्को मार्न सकिने स्थापितको सोच रहेको छ ।

उनी भन्छन् - कृषि योग्य भुमि लिजमा दिने र उत्पादनहीन जग्गामा पुर्वाधार निर्माण गर्ने हो भने परिषद्ले करोडौ आम्दानी गर्न सक्छ । तर मागिखाने शैलीमा चलेको परिषद यता तर्फ उन्मुख हुन नसकेको स्थापितको आरोप छ ।

पोखरा ,इलाम ,तेह्रथुम ,म्याग्दी ,बाग्लुङ जस्ता पर्यटकिय क्षेत्रका परिषद सम्बद्ध जग्गामा संरचनाहरु निर्माण गर्न सके बिदेशी खेलाडीको अभ्यास स्थल वनाउन सकिने परिषद सम्वद्ध एक अधिकारी बताउछन् । तर परिषदलाई यस बिषयमा चासो नै छैन ।

मुस्ताङ्गमा उच्च क्षेत्रिय खेल अभ्यास स्थल बनाउने भनिएपनी यो योजना अलपत्र अवस्थामा नै छ । हाइअल्टिच्युट खेलका र शाहसिक खेलका लागि नेपाल अत्यन्तै सम्भावना बोकेको ठाउँ हो तर परिषदले यस बिषयमा नसोचेको ठान्छन् स्थापित । उनी भन्छन् - एडभेन्चुअर गेम र हाइअल्टिच्युट गेम बाट परिषदले करोडौ आम्दानी गर्न सक्छ ।

सम्पति परिषदको आम्दानी एन्फाको

राजधानिको त्रिपुरेश्वरमा राखेपको नाउमा १९ हजार दर्शक क्षमताको दसरथ रंगशाला रहेको छ । ३७ रोपनी जग्गाको उक्त आम्दानी परिषदकै लाचारीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा )ले लिने गरेको छ । रंगशालामा हुने टुर्नामेन्ट , र्‍याली र बिभिन्न कन्सर्टको करोडौ आम्दानी एन्फाले प्राप्त गर्दछ तर परिषद भने यस बिषयमा मौन छ ।

यो पनि : माल पाएर चाल नपाएको राखेप, आफुसँग भएको ३७ सय रोपनी जग्गाबारे बेखबर

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved