नेपाली भाषाको कमेन्ट्री सहित डिस होममा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण (भिडियो प्रमो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 06, 2018 | 10:39:30 PM मा प्रकाशित

laxmi  sunrise bank

डिस होमले रसियामा हुने विश्वकप फुटबलको नेपाली भाषामा कमेन्ट्री सहित प्रत्यक्ष प्रशारण गर्ने भएको छ। आधिकारिक रुपमा विश्वकप प्रशारण गर्ने अधिकार पाएको डिस होम एक्सन स्पोर्टले वरिष्ट कमेन्टटेटर संजिव शिल्पकारको आवाजमा नेपाली कमेन्ट्री सहितको विश्वकप फुटबलको प्रत्यक्ष  प्रशारण गर्ने भएको हो। 

नेपाली फुटबल प्रेमीहरुका लागि नेपाली भाषालाई प्राथमिकतामा राखेर नेपाली कमेन्ट्रीमा विश्वकप देखाउन लागेको डिस होमले जनाएको छ। विश्वकप प्रशारण गर्ने अधिकार प्राप्त नेपाली टेलिभिजन मध्ये डीस होमको एक्सन स्पोर्टले विश्वकप नेपाली भाषामा कमेन्ट्री प्रशारण गर्न लागेको हो।डिस होम सहित नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले मात्र नेपालबाट आधिकारीक रुपमा विश्वकप प्रशारण गर्ने अधिकार प्राप्त गरेका छन।       

नेपाली भाषामा कमेन्ट्री सहित विश्वकप प्रत्यक्ष प्रशारण गर्न लागेको डिस होमले प्रमोशन भिडियो सार्वजनिक गरेको छ। यस भिडियोमा नेपाल आइडलमा तेस्रो स्थानमा पुग्न सफल प्रताप दासको स्वर रहेको छ। त्यस्तै यस भिडियोमा नेपाली राष्ट्रिय फुटबलका पुर्व कप्तान, खेलाडी तथा लोकप्रिय खेलाडीहरु तथा परिचित व्यक्तिहरुको अभिनय रहेको छ।  

प्रोमोसन भिडियोमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन, पूर्व राष्ट्रिय कप्तान हरि खड्का लगायतका खेलाडीहरु, पत्रकार ऋषि धमला, हाँस्य कलाकार विल्सन विक्रम राई, कलाकार सुनिल थापा, नायक सलोन बस्नेत, प्रदिप खड्का लगायतको अभिनय रहेको छ ।


प्रोमोसन भिडियो :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved