साउदीमा बिश्वकपको लाइभ नहुने सम्भावना, कसरी हेर्लान आफ्नो देशको उद्घाटन खेल ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 07:49:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरेबियाले छिमेकि मुलुक कतारमा नाकाबन्दी लगाएको एक बर्ष पुरा भएको छ । नाकाबन्दीको कारण दुवै मुलुकको अर्थतन्त्रमा धेरै ठुलो प्रभाव परेको देखिदैन । तर अबको ६ दिनभित्र सुरु हुने बिश्वकप फुटबलमा भने नाकाबन्दीले ठुलै प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ ।

बिश्वकपको उद्घाटन खेलमा आगामी शुक्रबार आयोजक रसिया र साउदी अरेबियाले प्रतिस्पर्धा गर्दै छन् । उद्घाटन खेल सुरु हुनलाई अब केवल ६ दिन बाँकि रहंदा पनि साउदी अरेबियाका नागरिकहरु आफ्नो देशको खेल कसरि लाइभ हेर्ने भन्नेमा अझै अन्योलमा छन् ।

बिश्वभरका २०७ देशमा फिफा बिश्वकपको प्रत्यक्ष प्रसारण हुने हुदा साउदीमा नहुने हो रे भन्ने सहज प्रश्न उब्जन सक्छ । प्रश्न जाहेज हो तर त्यहाँको स्थिति केहि जटिल बनेको छ । कतारको बिईन स्पोर्ट्सले कतार , साउदी सहित खाडीका ७ देशमा बिश्वकपको प्रत्यक्ष प्रसारण गर्ने अधिकार फिफाबाट प्राप्त गरेको छ । तर नाकाबन्दीपछि बिईन कतारको च्यानल भएको कारणले साउदीले आफ्नो देशमा यस च्यानललाई प्रतिबन्ध लगाएको छ । नाकाबन्दीपछि साउदीमा रहेका बिईनका ग्राहकले बिईन सेवा प्रयोग गर्न पाएका छैनन् । साथै कतारले पनि आफ्नो च्यानललाई प्रतिबन्ध लगाएपछि त्यहाँबाट फिर्ता भई सकेको छ । यस्तो अवस्थामा अब बिश्वकप सुरु हुन १ साताभन्दा कम समय बाँकि रहंदा साउदीका नागरिकहरुलाई आफ्नो देशको उद्घाटन खेल नै हेर्न नपाइने हो कि भन्ने चिन्ता बढेको छ ।

यहाँ अर्को जाहेज प्रष उठ्न सक्छ । प्रतिबन्धित च्यानललाई किन साउदीमा प्रत्यक्ष प्रसारण गर्ने अधिकार दिईयो त ? जुन बेला यो अधिकार दिईयो त्यो समय खाडीको स्थिति सामान्य थियो । अर्थात् नाकाबन्दी लागेको थिएँन । पछि नाकाबन्दी लागेपछि परिस्थिति थप जटिल बनेको हो ।

अबको बाटो के ?

साउदीले कतारसंग आफुले बिश्वकपको उद्घाटन र फाइनल खेल सहित २० वटा खेल देखाउनको लागि ३५ मिलियन डलरको सम्झौता भएको दाबी गर्दै आएको छ । तर कतारले त्यस्तो कुनै सम्झौता नाबह्येको दाबी गरेको छ । यस समस्या समाधान गर्न यसै साताको सुरुमा साउदी पक्ष र बिईन च्यानलका प्रतिनिधिबीच वार्ता समेत भएको थियो । तर वार्ता मिलन सकेन । बिईनले सुरुवाती चरणको वार्ता विफल भएको तर साउदी राम्रो संग वार्तामा प्रस्तुत भएकोले आफुहरु थप वार्तामा बसी समस्या समाधन गर्न तत्पर रहेको जनाएको छ ।

बिईनले साउदीलाई आफ्नो च्यानलको सामग्री चोरी गरी अनधिकृत रुपमा प्रसारण गरेको आरोप समेत लगाएको छ । साथै बिईनले फिफालाई समेत यसको जानकारी गराउदै साउदीलाई कारबाही गर्न भनेको छ । फिफाले यस विवादलाई आफुले नियालिरहेको जनाएको छ । फिफाले भनेको छ 'हालसम्म कुनै सम्झौता भएको छैन, तर त हामी स्थितिलाई नियालिरहेका छौ'।

यस अघि युएईमा पनि बिईन च्यानलमा प्रतिबन्ध लागेको थियो तर कतार र युएईबीच भने विश्वकपको प्रत्येक्ष प्रसारण गर्नेबारे सम्झौता भई सकेको छ ।

अब साउदीसंग पनि त्यस्तै सम्झौता हुन्छ वा हुदै त्यो हेर्न बाँकी छ । बिईन अलजजिरा च्यानलको एक प्रोडक्ट च्यानल हो । साउदीले नाकाबन्दी खोल्नको लागि राखेका शर्त मध्ये कतारले अलजजिरा पनि बन्द गर्नु पर्ने उल्लेख गरेको छ ।

यस्तो अवस्थामा वार्ता सफल भएमा मात्र साउदीले बिश्वकपको मज्जा लिन सक्ने छन् । वार्ता विफल भएमा साउदी र फिफाले कस्तो कदम लिने छ त्यो भने हेर्न बाँकि छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved