बिश्वकप जित्नेले कति पाउछ पुरस्कार? सबै खेल हारे पनि ८ मिलियन डलर पक्का

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 08, 2018 | 06:57:21 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटबलको महाकुम्भ अर्थात् बिश्वकप सुरु हुन् अब केहि दिन मात्र बाँकि छ  । रुसमा आयोजना हुने यो प्रतियोगिता बिश्व २१ औ संस्करण हो  ।  ५ पटक उपाधि जितेको ब्राजिल प्रतियोगिता कै सबै भन्दा सफल टोली हो  । यो पटक पानी ब्राजिललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ  । यस पटक ब्राजिलसंगै बिश्व बिजेता जर्मनी, अर्जेन्टिना र स्पेन मध्ये एकले उपाधि चुम्ने अनुमान धेरैले गरेका छन्  ।  

यहाँ हामीले बिश्वकप जित्ने र भाग लिने हरेक टोलीले कति पुरस्कार पाउने छन् भन्ने बारे चर्चा गरेका छौ  । फिफाले यस पटकको प्रतियोगिताको कुल पुरस्कार राशी ४०० मिलियन अमेरिकी डलर हुने घोषणा गरि सकेको छ ।  यो ४०० मिलियन बिजेताले मात्र पाउने भने होइन  ।  यो रकम प्रतियोगितामा भाग लिने सबै ३२ वटा टोलीलाई बाडिने छ  ।  अर्थात सबै खेल हारेर पहिलो चरणबाट बाहिरिने टोलीले पनि केहि न केहि पुरस्कार रकम पाउने छ  । 

कसरी बाडिने छ त ४० मिलियन डलर ? 

समूह चरणको खेल सकिएपछि समुह चरणबाट नै बाहिरिने टोलीले समान ८ मिलियन डलर पाउने छन्  ।  जम्मा १६ टोलीले समान ८ मिलियन डलर पाउँदा १२८ डलर खर्च हुन्छ  । 

त्यस्तै अन्तिम १६ पुग्ने तर क्वाटरफाइनलमा नपुग्ने ८ टोलीले समान १२ मिलियन डलर पाउने छन्  ।  यसरी ८ टोलीले समान १२ मिलियन डलर पाउँदा जम्मा ९६ मिलियन डलर खर्च हुन्छ  । 

त्यसपछि क्वाटरफाइनल पुग्ने तर सेमिफाइनलमा नपुग्ने ४ टोलीले समान १६ मिलियन डलर पाउने छन्  ।  यसरी ४ टोलीले समान १६ मिलियन डलर पाउँदा ६४ मिलियन डलर खर्च हुन्छ  ।  

अब बाँकि रह्यो १ सय १२ मिलियन डलर । यो बाँकि रहेको १ सय १२ मिलियन डलर सेमिफाइनलमा खल्ने ४ टोलीले पाउने छन  ।  अर्थात् यो रकम पहिलो , दोस्रो , तेस्रो र चौथो हुने टिमलाई भाग लगाइने छ  ।  जस अनुसार चौथो हुने टोलीले २२ मिलियन डलर तथा तेस्रो हुने टोलीले २४ मिलियन डलर पाउने छ  ।  अब बाँकि रह्यो ६६ मिलियन डलर  ।  यो ६६ मिलियन डलर उपाधि बिजेता र उपविजेता अर्थात् पहिलो र दोस्रो हुनेले पाउने छन्  । 

जस अनुसार उपाधि जित्ने टोलीले ३८ मिलियन डलर पाउने छ भने उप बिजेताले २८ मिलियन डलर पाउने छ  । यस बाहेक फिफाले हरेक टिमलाई प्रतियिगिता तयारी खर्च भनेर प्रति टिम डेढ मिलियन डलर दिई सकेको छ  । त्यस्तै बिश्वकपमा खेल्ने खेलाडी रिलिज गरिदिए वापत खेलाडी आबद्द क्लबलाई दिनको लागि फिफाले कुल २०९ मिलियन डलर छुट्याएको छ । त्यस्तै क्लब प्रोटेक्सन प्रोग्राम अन्तर्गत क्लबमा आबद्द खेलाडी घाइते भएमा त्यस वापत क्लबहरुलाई दिनको लागि फिफाले कुल १३४ मिलियन डलर बजेट राखेको छ ।  यसरी खेलाडी र क्लबलाई गरि वितरण गरिने कुल रकम ७ सय ९१ डलर हुन् आउछ ।  जुन पछिल्लो प्रतियोगिता भन्दा ४० प्रतिशतले बढी हो । 

यस बाहेक सम्बन्धित महादेशको संघ र सम्बन्धित देशको संघले पनि आफ्ना टिमलाई रकम दिने गर्छ  ।  

सन् २०१४ मा  बिजेता र उप बिजेताले क्रमश ३५ र २५ मिलियन डलर पाएका थिए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved