विश्वकपमा यी ५ टिममा रहनेछ बिश्वको नजर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 09, 2018 | 07:28:34 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप सुरु हुन अब केहि दिन मात्र बाँकी छ। नेपाल लगायत विश्वको नजर खेलको महाकुम्भ बिश्वकपमा अडिएको छ। यो विश्वकप कयौं खेलाडीका लागि अन्तिम खेल हुनेछ। यस्तोमा उनीहरुले आफ्नो टिमलाई जिताउन पुरै शक्ति खर्चनेमा कुनै दुई मत छैन। विश्वका कयौं राष्ट्रहरु मध्ये ३२ टिममा पर्नु आफैंमा चानचुने बिषय होइन। सहभागी सबै टोलिले उत्कृष्ट प्रदशन गर्ने सामर्थ्य राख्छन। 

विश्वकप भन्दा अगाडी यहि टिमले जित्न सक्छ भन्ने अनुमान लगाउने कुरा सहज भने छैन। सहभागी सबै टिममा उत्कृष्ट प्रदशन गर्ने क्षमता भएपनि केहि खेलाडीहरुको बिगतको प्रदशनकै आधारमा अहिले नै कुन टिमले अगाडी हुन सक्छ भन्ने अनुमान गर्न थालिएको छ। 

अर्जेन्टिना 

अर्जेन्टिनाको टिममा यस समयका सबै भन्दा उत्कृष्ट मानिएका मेसि सामेल छन। त्यसैले पनि ठुलो संख्याले अर्जेन्टिनाले विश्वकप जित्ने दाबि गरिरहेका छन। 

पछिल्लो विश्वकपमा बेहोरेको हारलाई यदि अर्जेन्टिनाका खेलाडीले जितमा बदल्न सक्ने हो भने अर्जेन्टिनाका फ्यानहरुका लागि बरदान साबित हुनेछ। अर्जेन्टिनाले पछिल्लो पटक सन १९८६ मा म्यारोड़नाको भरमा विश्वकप जितेको थियो। जबकी सन २०१४ मा समेत अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेको थियो तर जर्मनी बिरुद्दको खेलमा पराजय भोग्न बाध्य भयो। यस पटक अर्जेन्टिनाले ३२ बर्षदेखि थाँती रहेको विश्वकप जित्ने सपना साकार बनाउन पुरा मेहनत गर्नेछ। 


स्पेन 

स्पेनलाई विश्वकपमा बलियो टिमको रुपमा लिइन्छ। त्यसो त सन २०१० मा विश्वकप जितेको स्पेनले २०१४ मा निराशाजनक प्रदशन गरेको थियो। तर यसपटक स्पेनको टिममा आन्द्रे इन्यस्ता, सर्गियो रामोस जस्ता अनुभवी खेलाडीहरु छन। रसियामा हुने विश्वकपमा सहभागी ३२ टिम मध्ये स्पेनलाई प्रमुख दाबेदारको रुपमा लिइएको छ। यस अघिको विश्वकपमा निराशाजनक प्रदशन गरेको स्पेनले आफ्ना फ्यानहरुलाई खुसि राख्न हरसम्भव प्रयास गर्नेछ।  


फ्रान्स

सन् १९९८ मा विश्वकप जितेको फ्रान्सलाई यस पटक बलियो टिमका रुपमा लिइएको छ। फ्रान्सले सन २००६ मा फाइनलसम्मको यात्रा तय गरेको थियो। तर पेनाल्टी शुट आउटमा इटलीसंग पराजित हुँदा विश्वकप जित्नबाट बन्चित भएको थियो। यस बर्ष फ्राँसको टिममा फर्ममा रहेका पोग्बा, ह्युगो लारिंस, अल्फाँस एरियोला जस्ता स्टार खेलाडीहरु छन।   


ब्राजिल 

ब्राजिलको टिमलाई फिफा बिश्वकपको इतिहासमा सबै भन्दा बढी सफल टिमका रुपमा लिइन्छ। ब्राजिल मात्र यस्तो टिम हो जुन विश्वकपको सबै संस्करणमा सामेल छ। ब्राजिलले अहिलेसम्म धेरै पटक विश्वकप जितेको छ। ब्राजिलले पांच पटक विश्वकप जितेको छ। फुटबल बिज्ञहरुले ब्राजिललाई कम्जोर टिमको रुपमा लिएका छन, यद्दपी नेमार, फिलिप कौटिन्हो जस्ता स्टार खेलाडीहरु ब्राजिलको टिममा छन।    


जर्मनी 

चार पटक विश्वकप बिजेता बनेको जर्मनीलाई समेत यसपटकको बिजेताको रुपमा व्याख्या गरिएको छ। सन २०१४ को विश्वकप बिजेता जर्मनीले यस पटक पनि उपाधि जित्यो भने ब्राजिलको रेकर्ड भेट्टाउनेछ। जर्मनी सन १९५४, १९७४,१९९९ र २०१४ मा फिफा विश्वकप बिजेता बनिसकेको छ। सन २०१४ मा कोच जोकिमको नेतृत्त्वमा विश्वकप जितेको जर्मनी यस पटक पनि फर्ममा रहेको छ। त्यसैले पनि जर्मनीलाई प्रमुख दाबेदारको रुपमा लिइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved