विश्वकप समूहचरणका पाँच खेल : सबैको नजर यतातिर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 03:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबारबाट सुरु हुने विश्वकप २०१८ को समूह चरणमा ४८ खेलहरु हुँदैछन् । समूह चरणका खेलहरु जुन १४ देखि जुन २८ सम्म चल्नेछन ।

समूहचरणमा सर्वाधिक घमसान हुने खेलहरु :


इजिप्ट भर्सेस उरुग्वे (जुन १५) 

नेपाली समयानुसार बेलुका ५ः४५ बजे (एकाटरिनबर्ग, सेन्ट्रल रंगशाला)

उरुग्वेले दक्षिण अमेरिकन छनौटमा दोस्रो स्थानमा रहँदै विश्वकप यात्रा तय गरेको थियो । यस समूहबाट ब्राजिलले शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको हो । उरुग्वेले विश्वकप सुरु भएको दोस्रो दिन नै २८ वर्षपछि विश्वकपमा स्थान बनाएको स्टार खेलाडी मोहम्मद सलाहको टोली इजिप्टको सामना गर्दैछ । यो खेललाई निकै चासोका साथ हेरिएको छ । 


पोर्चुगल भर्सेस स्पेन (जुन १५)

नेपाली समयानुसार राति ११ः४५ बजे (फिस्ट ओलम्पिक रंगशाला)

फुटबलका सुपरस्टार मानिने क्रिस्टियानो रोनाल्डो पोर्चुगलको टोलीमा छन । पोर्चुगल युरोपियन च्याम्पियन (२०१६) जित्दै विश्वकपमा सहभागिता जनाउँदै छ । पोर्चुगलले सन् २०१० को विश्वकप च्याम्पियन स्पेनको सामना गर्दैछ । नयाँ खेलाडीले भरिएको स्पेनले गत मार्चमा अर्जेन्टिनालाई ६–१ले हराएको थियो । यस खेलमा जित हात पार्ने टोलीको अघिल्लो चरणमा पुग्ने सम्भावना पक्का हुनेछ भने पराजित टोलीले अन्य दुई खेल जित्नैपर्ने हुन्छ ।  


अर्जेन्टिना भर्सेस आइसल्याण्ड (जुन १६)

नेपाली समयानुसार बेलुका ६ः४५ बजे (स्पार्टक रंगशाला)

फुटबलमा यी २ राष्ट्रको खासै तालमेल मिल्दैन । दुवै देश भिन्न भिन्न अपेक्षाका साथ विश्वकपमा सहभागी भएका हुन । अजेन्टिनी सुपरस्टार लियोनल मेसीले सबै उपाधिहरु जितिसक्दा पनि विश्वकप उपाधि जित्न सकेका छैनन । अर्जेन्टिनाको अपेक्षा उपाधि हुनेछ । ३३ लाखमात्रै जनसंख्या भएको टापु मुलुक आइसल्याण्ड पहिलोपटक विश्वकपमा छनोट भएको हो । उसले विश्वकपमा राम्रो प्रदर्श र शन्तोषजनक नतिजाको अपेक्षा राखेको छ । 

 

जर्मनी भर्सेस मेक्सिको (जुन १७) 

नेपाली समयानुसार राति ८ः४५ बजे (लुजनिकी रंगशाला)

अघिल्लो टुर्नामेन्टको विजेता जर्मनीले मेक्सिकोसँग खेल्ने भएको छ । मेक्सिकोले अहिलेको राष्ट्रिय टिमलाई सुनौलो पुस्ता भनेको छ । यी २ देशबीचको खेल सर्वाधिक हेरिने आँकलन गरिएको छ ।  


ब्राजिल भर्सेस कोस्टारिका (जुन २२)

नेपाली समयानुसार बेलुका ५ः४५ बजे (क्रेस्टोभस्की रंगशाला)

ब्राजिल विश्वकपमा छनोट हुने पहिलो टोली हो । स्टार खेलाडीहरु उत्रने भएकाले ब्राजिलको खेल धेरै दर्शकको पर्खाईको खेलपनि हो । अघिल्लो विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको कोस्टारिकाले ब्राजिललाई ठूलै चुनौती दिने विश्वास गरिएको छ । ब्राजिललाई यस पटकको प्रमुख उपाधि दाबेदार टोलिको रुपमा हेरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved