२०२६ को बिश्वकप ३ देशले संयुक्त रुपमा आयोजना गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 03:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२६ को फिफा बिश्वकप ३ देशले संयुक्त रुपमा गर्ने भएका छन् । रुसमा भएको फिफाको ६८ औ महासभाले सन् २०२६ को बिश्वकप आयोजकको रुपमा अमेरिका, क्यानडा र मेक्सिकोलाई चयन गरेको हो ।

सन २०२६ को बिश्वकप आयोजना गर्न २ वटा आवेदन परेका थिए। पहिलो अफ्रिकी देश मोरोकोले आफु एक्लैले सबै खेल आयोजना गर्ने गरी आवेदन दिएको थियो ।  दोस्रो आवेदन भने अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा बिश्वकप आयोजना गर्ने गरी आवेदन दिएको थियो । 

सन् २०१८ मा रसियामा र सन् २०२२ मा कतारमा बिश्व कप हुने तय भईसकेकोले एसियन फुटबल संघ र युरोपेली फुटल संघले आवेदन दिन पाउने थिएनन् । बाँकि ४ महादेशका फुटबल संघलाई आवेदन खुला गरिएकोमा अफ्रीका र उत्तरी अमेरिकाबाट आवेदन परेको हो । 

मतदानमा मोरोकोले ६५ भोट पाएको हो भने अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गरेको प्रस्तावले १३४ भोट पाएको हो । २०३ देशले मतदान गरेकोमा १ देशले भने कुनै देशलाई मत दिएँन । 

सन् २०२६ को फुटबलमा पहिलो पटक ४८ राष्ट्र समाबेश हुने छन् र कुल ८० खेल हुदै छन् ।  अमेरिका, क्यानडा र मेक्सिकोले दिएको आवेदन अनुसार अमेरिकाले कुल ६० खेल आयोजना गर्ने छ भने क्यानडा र मेक्सिकोले १०-१० खेल आयोजना गर्ने छन् ।   क्वाटरफाइनलदेखि सबै खेल अमेरिकामा हुने उल्लेख छ ।  

क्यानडाले सन् २००७ मा यु २० बिश्वकप र २०१५ मा महिला बिश्वकप आयोजना गरेको थियो । मेक्सिकोले १९७० र १९८६ मा बिश्वकप आयोजना गरेको थियो भने १९९४ मा बिश्वकप र दुई पटक महिला बिश्वकप् आयोजना गरिसकेको छ । 

सन् २०२२ को बिश्वकप भने कतारले आयोजना गर्दै छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved