आयोजक रसियाका खेलाडी विश्वकप फुटबल २०१८ का पहिलो गोलकर्ता बन्न सफल भएका छन। २१ औं विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरब बिरुद्द गोल गर्दै रसियाका युरी गाजिन्सीकी यस संस्करणको पहिलो गोलकर्ता बनेका छन।
गाजिन्सीकीले खेलको १२ औं मिनेटमा एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई साउदीको गोलपोष्ट चुमाउन सफल भए। यससंगै यस गाजिन्सीकीको गोल ऐतिहासिक बनेको छ। खेलको पहिलो हाफमा साउदी २-० ले पछाडी परेको छ।