उद्घाटन खेलमा आयोजक रसियाबाट गोलको बर्षा, साउदी स्तब्ध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 10:13:44 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रसियाले उत्कृष्ट प्रदशन गरेको छ। रसियाले प्रतिद्वन्द्वी साउदी अरबको पोष्टमा गोलको बर्षा गर्दै शानदार सुरुवात गरेको छ। 

खेलको सुरुवाती १० मिनेटसम्म आक्रामक बनेको साउदीलाई स्तब्ध बनाउदै रसियाका युरी गाजिन्सीकीले १२ औं मिनेटमा पहिलो गोल गरे। यससंगै गाजिन्सीकी विश्वकप फुटबलको २१ औं संस्करणको पहिलो गोलकर्ता बने। 

गाजिन्सीकीको गोललाई पछ्याउदै रसियाले गोलले साउदी बिरुद्द ५ गोल गरेको छ। रसियाका लागि डेनिस चेरिशेबले खेलको ४३ औं मिनेटमा गोल गर्दै रसियालाई २-० को अग्रता दिलाए र थप गरिएको समयमा ९१ औं मिनेटमा अर्को गोल थपे।  

पहिलो हाफमा २-० ले अग्रता लिएको रसियाले दोस्रो हाफमा उत्कृष्ट प्रदशन गर्दै ३ गोल थप गर्यो। रसियाका लागि अर्तेम ज्युबाले ७१ औं मिनेटमा गोल गरे भने एलेकजेन्डर गोलोभिनले ९४ औं मिनेटमा अर्को गोल गरे। 

घरेलु मैदानको पुरा फाइदा उठाउदै रसियाले शानदार सुरुवात गरेको छ। वरियताक्रममा विश्वकपमा सामेल टिममा कम्जोर देखिएको रसियाले साउदीलाई ५-० ले पराजित गर्दै समुह ए मा रहेका उरुग्वे र इजिप्टलाई समेत चुनौती थपेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved