विश्वकपमा आज रोचक भिडन्त : रियाल भर्सेस रियाल, कसले मार्ला बाजी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 15, 2018 | 02:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

रुस विश्वकप २०१८ को दोस्रो दिन आज शुक्रबार ३ खेल हुनेछन् । पहिलो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे पिट्सवर्ग स्टेडिमयमा इजिप्ट र उरुग्वेबीच हुनेछ । 

दोस्रो खेल राती ८ः४५ बजे मोरक्को र इरानबीच हुनेछ भने राती ११ः४५ बजेबाट पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपमा फुटबल प्रतियोगितामा पोर्चुगल सातौ पटक सहभागी भएको हो । 

यस अघि सन् २०१० को विश्वकपमा पनि स्पेन र पोचुर्गल आमनेसामने भएका थिए । उक्त प्रतियोगितामा स्पेनले १–० गोलअन्तरले पोर्चुगललाई स्तब्ध बनाएको थियो । अन्तराष्ट्रिय प्रतियोगितामा हालसम्म यी दुई देशले ३५ प्रतियोगिता खेलेका छन् ।  ती खेलहरुमा स्पेनको ७२ गोल छ भने पोर्चुगलले ४१ गोलमात्र गरेको छ । 

विश्वकप सुरु हुनुभन्दा एक दिन अघि स्पेनले आफ्नो मुख्य प्रशिक्षक जुलेन पोपतेगुईलाई हटाएको छ । स्पेनको भविष्य अब मुख्य खेल निर्देशक फर्नाडो हिएरोको जिम्मामा छ । 

रियाल मड्रिड भर्सेस रियाल मड्रिड

आजको खेल रियाल मड्रिड भर्सेस रियाल मड्रिड हुँदैछ । एउटै क्लबबाट व्यबसायीक खेल खेल्ने सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो आज हुने प्रतियोगितामा फरक टिममा छन् । क्रिस्टियानो रोनाल्डोले नेतृत्व गरेको पोर्चुगल पनि यस पटक विश्कपबाट खाली हात जान चाहँदैन । त्यसो त रामोसले कप्तानी गरेको स्पेन पनि दोस्रो पटक उपाधि रक्षा गर्ने दाउमा छ । रामोस स्पेनिस क्लब क्लब रियाल मड्रिडका कप्तान हुन् । जहाँ रोनाल्डो रामोसको अगुवाइमा खेल्दै आएका छन् । रामोसको कप्तानीमा रियालले केही समय अघि मात्रै च्याम्पियन लिग जितेको थियो । रोनाल्डोले उक्त प्रतियोगितामा सबैभन्दा बढि गोल गरेका थिए । त्यसैले पनि आजको खेललाई निकै महत्वका साथ हेरिएको छ । विश्वभरीका फुटबल समर्थकले आजको खेललाई रियाल मड्रिड भर्सेस रियाल मड्रिड र रोनाल्डो भर्सेस रामोसका रुपमा लिएका छन् । यी दुवै देशलाई विश्वकपको जारी टुर्नामेन्टको उपाधि दाबेदारका रुपमा हेरिएको छ । 

हाल फिफा वरियतामा पोर्चुगल चौथो स्थानमा छ भने स्पेन १० औँ स्थानमा छ । स्पेन सन् २०१० को विश्व विजेता पनि हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved