कस्तो होला पछिल्ला ८ मध्ये ७ खेल जितेको उरुग्वे र एक खेल पनि नजितेको इजिप्टबीचको भिडन्त ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 15, 2018 | 04:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप फुटबलको दोस्रो दिन आज ३ खेल हुँदैछन् । आजको पहिलो खेलमा उरूग्वे र इजिप्ट भिड्दैछन् । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे पिट्सवर्ग स्टेडिमयमा हुनेछ । 

सन् १९३० मा आफँैले विश्वकप फुटबल आयोजना गरेर इतिहास सुरु गर्ने क्रममा उरुग्वे घरेलु मैदानमा च्याम्पियन भएको थियो । त्यसपछि सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पनि उरुग्वेले उपाधि जितेको थियो । 

अहिले उरुग्वेको टिममा डिएगो गोडिन, लुइस स्वारेज र एडिन्सन काभानी उत्कृष्ट खेलाडी हुन् । दक्षिण अमेरिकी टोली उरुग्वेले विश्वकप अघिको अभ्यास खेलमा उज्वेकिस्तानलाई ३–० ले हराएको थियो । 

सन् २०११ मा कोपा अमेरिकाको उपाधि जितेको उरुग्वे सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । कोपा अमेरिका फुटबलमा पनि उरुग्वेले त्यसपछि क्वार्टरफाइनलभन्दा माथिको यात्रा गर्न सकेको छैन । सन् २०१० को विश्वकप टुर्नामेन्टमा सेमिफाइनलसम्म पुगेको उरुग्वे २०१४ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

हालसम्म १३ पटक विश्वकपमा सहभागिता जनाएको उरुग्वे सन् १९३० र १९५० मा उपाधि जित्दै १९५४, १९७० र २०१० मा गरी तीन पटक सेमिफाइनल पुगेको छ । यसै गरी १९६६ मा क्वार्टरफाइनल पुगेको टोली १९८६, १९९० र २०१४ मा अन्तिम १६ पुगेको थियो भने १९६२, १९७४ र २००२ मा गरी तीन पटक समूहचरणबाटै घर फर्किएको थियो । यो पटक उरुग्वेको १३ औँ सहभागिता हो ।  

रूस विश्वकपको समूह ‘ए’ मा परेको उरुग्वेमा अहिले पेरिस सेन्ट जर्मनका इडिन्सन काभानी र बार्सिलोनाका सुपरस्टार लुइस स्वारेज टिममा छन् । त्यसैले उरग्वेले आयोजक रूससहित इजिप्ट र साउदी अरेबिया रहेको समूह ‘ए’बाट सहजै अन्तिम १६ पुग्ने अनुमान गरिएको छ । उरुग्वेका प्रशिक्षक ओस्कार वासिङ्टन टाबारेज छन् । उनी आक्रामक फुटबल खेलाडी हुन् । 

बार्सिलोनाबाट स्पेनिस ला लिगा, युरोपियन च्याम्पियन्स लिग तथा क्लब विश्वकपलगायतका थुप्रै प्रतियोगिता जितिसकेका स्वारेज उरुग्वेका लागि इतिहासमै सर्वाधिक ५० अन्तराष्ट्रि«य गोल गर्ने खेलाडी हुन् । 

इजिप्ट भने उरुग्वेको तुलनामा कमजोर देखिन्छ । इजिप्टले सन् १९९० पछि पहिलोपटक विश्व फुटबलको ठूलो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । आजको खेलमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाह पनि खेल्ने भएका छन् । ३ हप्ताअघि च्याम्पियन्स लिगको फाइनलका घाइते भएका सालाह आजको खेलमा फर्किएपछि भने इजिप्टलाई रोक्न उरुग्वेलाई निकै ठूलो संघर्ष गर्नुपर्ने देखिन्छ । 

तर सलाहले खेल्ने नखेल्ने अझै पूरै निक्र्योल भने भइसकेको छैन । इजिप्टलाई २८ वर्षपछि विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सालाह यो सिजन निकै फर्ममा रहेका छन् । उनले यो सिजनको इङलिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

इजिप्टले सन् १९३४ र सन् १९९० को विश्वकपमा सहभागिता जनाएपनि हालसम्म कुनै पनि खेल जितेको छैन । इजिप्टले तेस्रो पटक विश्वकपमा छनौट हुँदै रुस यात्रा तय गरेको हो । 

सलाहलाई राष्ट्रिय टिममा अब्बल प्रमाणित गर्ने मौका छ । अफ्रिकी छनोट चरणमा इजिप्टले गरेको आठमध्ये पाँच गोल गरेका २५ वर्षीय सलाहले ५६ खेलमा इजिप्टका लागि ३६ गोल गरिसकेका छन् । यो खेलको विजेता समूहकै विजेता बन्ने सम्भावना पनि प्रवल छ । 

उरुग्वेले खेलेका पछिल्ला ८ विश्वकपमा एक खेल मात्रै गुमाएको छ । उरुग्वेले ४ मा जित, ३ मा बरारबी र एकमा हार बेहोरेको छ । तर इजिप्टले भने विश्वकपमा खेलेका ४ खेलमा कुनै जितेको छैन । उसले २ मा हार र २ मा बराबरी गरेको छ । 

उरुग्वेको टिम

गोलकिपर : फर्नान्डो मुस्लेरा (गालातासारे), मार्टिन सिल्भा (भास्को डी गामा), मार्टिन क्याम्पना (इन्डिपेन्डियन्ट)

रक्षक : डिएगो गोडिन (एट्लेटिको मड्रिड), गुइलेर्मो भरेला (सिए पेनारोल), जोसे मारिया जिमिनेज (एट्लेटिको मड्रिड), मार्टिन कासेरेज (लाजियो), म्याक्सिमिलियानो पेरेरा (पोर्टो), सेवास्टिन क्वाटेज (स्पोर्टिङ सिपी), ग्यास्टन सिल्भा (इन्डिपेन्डियन्ट)

मिडफिल्डर : नहितान नान्डेज (बोका जुनियर्स), माटियाज भेसिनो (इन्टरनाजियोनल), लुकास टोरेरा (साम्दोरिया), रोड्रिगो बेन्टानकुर (युभेन्टस), जर्जियन डी एरेसकाइटा (क्रुजेइरो), कार्लोस सान्चेज (मोन्टेरेरे), डिएगो लक्साल्ट (जिनोवा), जोनाथन उरेटाभिस्काया (मोन्टेरेरे), क्रिष्टियन रोड्रिगेज (पेनारोल) 

फरवार्ड : लुइस स्वारेज (बार्सिलोना), एडिन्सन काभानी (काभानी), म्याक्सिमिलियानो गोमेज (सेल्टा भिगो), क्रिष्टियन स्टुआनी (जिरोना)

इजिप्टको टोली

गोलकिपर : इसम एल हदारी (अल तावुन), मोहम्मद एल–शेनावे (अल अहले), शेफ इक्रमे (अल अहले)

रक्षक : अहमद फथी (अल अहले), साद समिर (अल अहले), यमन अशरफ (अल अहले), मोहम्मद हाम्दे (जामालेक), मोहम्मद अब्देल–शफी (अल फतेह), अहमद हेगाजी (वेस्ट ब्रोम), अली गाबर (वेस्ट ब्रोम), अहमद इलमोहामेदी (एन्टन भिल्ला), ओमार गाबर (लस एन्जल्स)

मिडफिल्डर : मोहम्मद इलने (आर्सनल), टारेक हामेद (जामालेक), अब्दुल्लाह सैद (कुपियन), शिकबाला (अल राइद), साम मोर्से (विगान एथलेटिक), काराबा (अल इतिहाद), मोहमुद हसन (कासिमपासा), रामादन सोभी (स्टोक सिटी), अमर वार्दा (एट्रोमिटोस)

फरवार्ड : मोहम्मद सालाह (लिभरपुल), मारवान मोहसेन (अल अहले) 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved