विश्वकप फुटबलमा चलिचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 15, 2018 | 04:56:04 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलमा राजधानीको दरबार मार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाएका छन् । चलचित्र तथा खेलकुद क्षेत्रका चर्चित अनुहारहरु भुवन केसी, अनमोल केसी देखि दिपक बिष्ट, हरी खड्का, राजेश पायल राई, रुबी राणा लगायतलाई एकै स्थानमा जमघट गराएर किंग्स लाउञ्जले भव्य रुपमा विश्वकप फुटबलको उद्घाटन खेल देखाएको हो ।

दरबारमार्गमा रहेको किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सबैभन्दा धेरै अवार्ड पाएका दिपक बिष्ट, नेपाली फुटबलमा धेरै गोल गरेका हरी खड्का आकर्षणमा रहेका थिए । त्यैगरी नेपाली फुटबल टीमका कप्तान बिराज महर्जन, उपकप्तान भरत खवास, किरण चेम्जोगं, बिमल घर्तीमगर, बिकेश कुथु पनि विश्वकप हेर्न किंग्स लाउञ्ज पुगेका थिए । अखिलनेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष कृष्ण ब. थापा पनि खेलाडीसँगै पुगेका थिए । 

अभिनेता भुवन केसी, अनमोल केसी, गायक राजेश पायल राई, बद्री पंगेनी, पहिलो मिस नेपाल रुबी राणा लगायतका चर्चित अनुहार सहभागि थिए । लाउञ्जले संगीतमा अधिक रुची भएका खेल प्रेमीहरुको लागी २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटबलका खेलहरु देखाईरहेको छ । लाउञ्जले कलाकार, खेलाडी तथा संगीतकर्मीलाई सम्मान पनि गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved