स्पेनका ११ खेलाडीमाथि रोनाल्ड़ो एक्लै भारि, ३ वटा विश्वकपको गोल रेकर्ड एकै खेलमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 16, 2018 | 11:42:38 AM मा प्रकाशित

laxmi  sunrise bank

रसियामा जारि विश्वकप फुटबलमा स्पेन र पोर्चुगलबीचको रोचक र सेमीफानल स्तरीय खेल बराबरीमा सकिएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडेका छन। 

स्पेनका खेलाडीमाथि सुरुवातदेखि नै हाबी बनेका क्रिष्टियानो रोनाल्डोले विश्वकप २०१८ को पहिलो खेलमै ह्याट्रिक गरेका छन। उनले आफ्नो मुलुकका लागि गरेको यो छैटौं ह्याट्रिक हो भने विश्वकपको खेलमा उनको पहिलो ह्याट्रिक हो। 

स्पेनका एघार खेलाडीमाथि एक्लै भारि परेका रोनाल्डोले सन २००६, २०१० र २०१४ मा समान एक-एक गोल गरेका थिए। तर विश्वकप फुटबलको २१ औं संस्करणको आफ्नो पहिलो खेलमा नै ह्याट्रिक गरेर उनले आफ्नो उत्कृष्टता प्रमाणित गरे। स्पेनका न्याचोले रोनाल्डोलाई डि–एरियाभित्र लडाएपछि खेलको चौथो मिनेटमा पाएको पेनाल्टी अवसरलाई रोनाल्डोले गोलमा परिणत गरे।   

खेलमा १-० ले पछी परेको स्पेनका लागि डिएगो कोष्टाले खेलको २४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। स्पेनको बराबरीलाई तोड्दै रोनाल्डोले पहिलो हाफको ३३ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए। 

पहिलो हाफमा २-१ ले पछी परेको स्पेन दोस्रो हाफमा आफ्नो पुरानो क्लासिक खेलमा फर्कियो। र खेलको खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। लगत्तै त्यसको तीन मिनेट पछि नाचोले गोल गर्दै खेलमा स्पेनलाई अग्रता दिलाए। 

३-२ ले पछी परेको पोर्चुगलका लागि खेलको अन्तिम २० मिनेट निकै मेहनत गर्नुपर्यो। यद्दपी खेलको ८८ औं मिनेटमा पाएको फ्री किकको अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्दै रोनाल्डोले यस विश्वकपमा पहिलो ह्याट्रिक गोल गरे र पोर्चुगललाई बराबरीको अवस्थामा ल्याए। पहिलो खेलमा बराबरी नतिजामा खेल टुंग्याएका पोर्चुगल र स्पेनले समान १-१ अंक बाँड्न बाध्य भए। 




  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved