विश्वकप फुटबल : इजिप्टलाई जित्नैपर्ने दबाब, रसियालाई हराउन सलाह मैदान उत्रिँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 02:08:39 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकप २०१८ को पहिलो खेलमा उरुग्वेसँग १–० ले हारेको इजिप्टले आफ्नो दोस्रो खेलमा मंगलबार आयोजक रुससँग खेल्दैछ । नेपाली समय अनुसार आज राति पौने १२ बजे सुरु हुने खेलमा यस अघिको खेल बेञ्चमै बसेर विताएका मोहम्मद सलाहलाई इजिप्टले मैदान प्रवेश गराउँदैछ । लिभरपुलका स्ट्राइकर सलाह काँधको चोटबाट भर्खरै मात्र ठीक भएका हुन् । यस अघिकै प्रतियोगीतामा सहभागी गराउने भनिएपनि सलाहलाई अन्तिम समयमा बेञ्चमै राखिएको थियो । 

सन् १९९० यता पहिलोपटक ठुलो अन्तराष्ट्रिय प्रतियोगिता खेलिरहेको इजिप्टका लागि मंगलबार हुने खेल जित्नैपर्ने दबाब छ । यो खेलमा पनि हार व्यहोर्यो भने इजिप्टको माथिल्लो चरणमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । 

अफ्रिकाबाट युगाण्डा, घाना र कंगोसहितको टोलीबाट पहिलो भएर विश्वकपमा छानिएको इजिप्टले पछिल्ला छ खेलमा कुनै पनि जित निकालेको छैन् । तर  टोलीले पोर्चुगललाई २–१ गोल अन्तरले हराएपछि निकैको रोजाई बन्यो । 

यता घरेलु टोलीको रुपमा विश्वकपमा छानिएको रसियाले सन् २०१७ को अक्टोबरयता कुनै पनि जित हासिल गर्न सकेको थिएन् । तर विश्वकपको उद्घाटन खेलमा पाहुना टोली साउदी अरेबियालाई भने ५–० को फराकिलो अन्तरले जित हासिल गरेको थियो ।  रुसले सन् २०१७ को कन्फेडेरेसन कप र २०१६ को युरोपियन च्याम्पियन्समा समुहचरण पार गर्न सकेको थिएन ।

इजिप्ट र रसियाबीच अहिलेसम्म कुनै पनि प्रतिस्पर्धा भएको छैन । उनीहरुको लागि मंगलबारको खेल पहिलो हुनेछ । अहिलेसम्म रसियाले कुनै पनि अफ्रिकी मुलुकसँग हारेको छैन भने इजिप्टले कुनै पनि युरोपियन प्रतिस्पर्धीसँग जित हासिल गर्न सकेको छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved