विश्वकपको समूह चरण : दाबेदार देश नै दबाबमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 03:13:39 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकपको २१ औं टुर्नामेन्ट अन्तर्गत, समूह चरणका पहिलो खेलहरु आजबाट सकिँदैछन् । उपाधि दबेदारका साथ रसिया पुगेका अधिकांश देशका लागी समुह चरणका पहिलो खेल बिर्सन लायक बन्यो । 

उपाधि दाबेदार मानिएको साविक विजेता जर्मनी मेसिक्कोसँग १–० ले पराजित भयो । ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र स्पेनको खेल तुलनात्मक रुपमा केही राम्रो देखिएपनि पहिलो खेल बराबरीमै चित्त बुझाउन बाध्य भए । फ्रान्स भने संघर्षपूर्ण खेलमा २–१ ले विजयी भयो । 

समूह चरणका ११ खेलमध्ये रुस र साउदी अरेबिया तथा स्पेन र पोर्चुगलबीचको खेल अहिलेसम्मको हेर्न लायक बन्यो । अन्य सबै खेलमा टिमको फिनिसिङ खासै राम्रो देखिएन । 

उपाधिका दाबेदार ४ राष्ट्र दबाबमा

पाँचपटक विश्वकप जितेको ब्राजिल, दुईपटकको विजेता अर्जेन्टिना, एकपटकको विजेता स्पेन र भर्खरै युरोकप जितेको पोर्चुगल पनि पहिलो खेलमा अंक बाँड्न बाध्य भए । यसबाट उपाधि दाबेदारका रुपमा हेरिएका ठूला टिमको प्रदर्शन खस्किएको पक्का थाहा हुन्छ । तर विभिन्न सिजनमा कमै मात्रमा नाम कमाउने साना तथा विश्वकप फुटबलमा यसपाली स्थान बनाएका देशको प्रदर्शन भने हेर्न लायक रह्यो । नयाँ टिमको आगमनले ठूला टिममाथि मानसिक दबाब थपिएको छ ।

आइतबार भएको विश्वकपको आफ्नो पहिलो खेलमा ब्राजिल स्वीट्जरल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाउन बाध्य भयो । 

उपाधि दावेदार मानिएको लियोनल मेसीको टिम अर्जेन्टिना तुलनात्मक रूपमा कमजोर आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो । यसपालि मात्रै विश्वकपमा डेब्यु गरेको आइसल्यान्डसँग बराबरी खेलेपछि अर्जेन्टिनालाई दबाब थपिएको छ । मेसीले प्रहार गरेको पेनाल्टी आइसल्यान्डका गोल किपरले रोकिदिएपछि मेसीका लागी पहिलो खेल बिर्सन लायक बन्यो । 

एउटै समूहमा रहका दुई ठूला टिम स्पेन र पोर्चुगल पहिलो खेलमै एकआपसमा भिडे । दुवैले ३–३ को बराबरी खेले । त्यही समूहकै अर्को खेलमा इरानले मोरक्कोलाई १–० ले पराजित गरेपछि स्पेन र पोर्चुगललाई दबाब थपिएको छ । 

विश्वपककै युवा खेलाडी रहेको फ्रान्सलाई भने कम दबाब छ । आफ्नो पहिलो खेलमा अष्ट्रेलियालाई २–१ पराजित गरेको फ्रान्सले आगामी खेलमा सुधारिएको प्रदर्शन गर्न सके समूह चरणमा खासै बाधा छैन । 

जर्मनीलाई समूह चरणमै सकस 

पछिल्ला चार विश्वकपमा तीनपटक साविक विजेता देश समूह चरणबाटै बाहिरिएका छन् । आइतबार राति भएको खेलमा मेक्सिकोसँग १–० ले पराजित भएपछि साविक विजेता जर्मनी पनि समूह चरणबाटै बाहिरिने डरमा छ ।

सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको १७ औँ विश्वकप मा सन् १९९८ को विजेता फ्रान्ससमूह चरणबाटै बाहिरिएको थियो । सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको १९ औं विश्वकपमा पनि सन् २००६ को विजेता इटालीसमूह चरणबाटै बाहिरियो । २०१४ मा ब्राजिलमा भएको विश्वकपको २० औं टुर्नामेन्टमा सन् २००८ को युरोकप र २०१० को विश्वकप उपाधि उचालेको स्पेन समूह चरणबाटै बाहिरियो । यसपाली यो क्रम रोकिनेमा जर्मनीको पहिलो पराजयले शंका थपिदिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved