रसियामा जारी विश्वकप फुटबलमा अहिले पोर्चुगल र मोरक्को भिड्दैछन् ।
खेल सुरु भएको चौँथो मिनेटमै पोर्चुगलका लागी क्रिष्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई १–० अग्रता दिलाएका छन् । यस अघि स्पेनसँग भएको खेलमा रोनाल्डोको ह्याट्रिकको मद्दतमा पोर्चुगल हारबाट जोगिएको थियो ।