विश्वकप छनौट: इटाली र स्पेन बराबरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2016 | 08:50:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सन २०१८ रसियामा हुने विश्वकप छनौट अन्तर्गतको खेलमा स्पेन र इटलीबीचको खेल बराबरीमा रोकिएको छ। युरोपियन महादेश अन्तर्गत समुह 'जी' मा रहेका स्पेन र इटलीले १-१ को बराबरी खेल्दै समान १-१ अंक बाँडेका छन। 

खेल आफ्नो पक्षमा रहेपनि भाग्य बलियो नहुँदा स्पेनले जित निकाल्न सकेन। पहिलो हाफ गोल रहित सकिएको खेलमा ७२ प्रतिशत खेल स्पेनको पक्षमा रहेपनि अवसरलाई गोलमा परिणत गर्न सकेन। 

दोस्रो हाफको ५५ मिनेटमा मचिन पेरेजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यस्तै इटलीका डि रोसीले ८२ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए। 

समुह जी मा रहेका स्पेन र इटलीले दुई दुई खेल खेल्दै समान ४-४ अंक जोडेका छन। बिहिबार राति लिचटन्सटाइनलाई २ – ० गोलले हराएको अल्बानिया ६ अंक सहित समुह जी मा शिर्ष स्थानमा छ।  
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved