रंगशालामा नै हेरे जसरी काठमाण्डौंमा यसरी देखाइन्छ विश्वकप फुटबल (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 29, 2018 | 06:36:22 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाउन थालेका छन् । खेल भैरहेको रंगशालामा नै बसेको अनुभुति दिलाउने शैलीमा किंग्स लाउञ्जले दर्शकहरुको ध्यान खिचिरहेको छ । २० बाई ११ फिटको एचडि स्क्रिनमा बाक्लो संख्याका दर्शकका बिचमा बसेर विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको छ ।


चलचित्र, खेलकुद, व्यापार व्यसाय क्षेत्रका चर्चित अनुहारहरु पनि यो किसिमको अनुभुति बटुल्न लाउञ्ज धाउने गरेका छन् । अतिथिको विशेष स्वागत तथा आतिथ्यताका बिच खेल मैदानमा पुगेको आभाष गराउन सक्नु नै लाउञ्जको विशेषता हो । जसका कारण अहिले विश्वकपका हरेक फुटबल खेल हुने समयमा दर्शकहरुको भिड बढ्दै गएको छ । 


विश्वकप फुटबलको उदघाटन शत्रका दौरान लाउञ्जले चलचित्र, खेलकुदका साथै विभिन्न क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई एकै स्थानमा जमघट गराएर सम्मान समेत गरेको थियो । अहिले पनि दैनिक रुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपस्थित गराउँदै लाउञ्जले दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गराई सँगै विश्वकप खेल हेर्ने व्यवस्था गराएको छ । यसबाट सबै क्षेत्रका व्यक्तिहरुको आम दर्शकसँग सम्बन्ध स्थापित हुनुका साथै कुनै पनि क्षेत्रमा योगदान दिन सक्नु पर्छ भन्ने सन्देश प्रवाह हुने विश्वस लाउञ्जले लिएको छ ।


लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु नियमित रुपमा प्रदर्शन गरिरहेको छ । लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आम दर्शक, संगीतप्रमी तथा खानाका पारखीहरुको नियमित रुपमा विशेष जमघट हुनेछ । लाउञ्जले खेल देखाउँदै सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने जनाएको छ ।



हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved