क्यानडामा सन्दिपको कमाल: रसेलको बलमा छक्का प्रहार, मलिंगा र सुनिल नारायण भन्दा राम्रो बालिङ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 03, 2018 | 03:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यानाडामा जारी ग्लोबल टि २० क्रिकेट प्रयोगितामा नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्  । सन्दिपले प्रतियोगितामा मोनट्रियल टाइगर्सको तर्फबाट आफ्नो दोस्रो खेल खेल्दै उत्कृष्ट बलिंग गरेका हुन्  । सन्दिपले भ्यानकुभर नाइट्स बिरुद्द बलिंग गर्दै ४ ओभरमा केवल १९ रन दिएका थिए  । उनले १ मेडन ओभर समेत गर्दै ४.७५ को इकोनोमी कायम गरे ।  सन्दिपको यो ईकोनोमी उनको टिममा रहेका अन्य २ बिश्व चर्चित खेलाडी श्रीलंकाका लासित मलिंगा र वेस्ट इन्डिजका सुनिल नारायण भन्दा उत्कृष्ट हो  । खेलमा मलिंगाको इकोनोमी १०.२५ तथा सुनिलको ५.५० थियो  । 

सन्दिपको उत्कृष्ट प्रदर्शनको बाबजुद खेल सन्दिपको टिमले हारेको छ  । भ्यानकुभरले दिएको १६६ रनको बिजयी लक्ष लिएर मैदना उत्रेको सन्दिपको टोली १९.४ ओभरमा अल आउट हुदै १४८ रन मात्र जोड्न सक्यो  । सन्दिपले खेलमा बलिंगमात्र राम्रो गरेनन , उनले ब्याटिंग पनि उत्कृष्ट गरे  ।  उनले एन्ड्रयु रसेलको पहिलो बल मै छक्क प्रहार गरिदिए  । त्यसको पछिको दोस्रो बलमा सन्दिपले रन लिन सकेनन भने तेस्रो बलमा १ रन लिदै नट आउट रहे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved