सबैखाले उपाधि दिलाएका रोनाल्डोको रियलबाट सुखद विदाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 11, 2018 | 02:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रियल म्याड्रिडका उत्कृष्ट पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डो आगामी सिजन इटालियन क्लब युभेन्टसबाट खेल्दैछन् । उनी १ सय १२ मिलियन युरोमा रियलबाट युभेन्टस पुगेका हुन् । 

रियलमा रहँदा निकै उत्कृष्ट फर्ममा रहेका रोनाल्डोले रियलका लागि सबैखाले उपाधि दिलाएका छन् । यस अर्थमा उनको विदाई सुखद नै रह्यो । 

रोनाल्डोले म्याड्रिडमा रहँदा ४ सय ३८ खेल खेले, जसमा ४ सय ५१  गोल गरेका छन् । च्याम्पियन्स लिग २०१३–१४ मात्रै उनले १७ गोल गरे  । च्याम्पियन्स लिगमा कुल १ सय ५ गाले उनको नाममा छ । गत सिजनको च्याम्पियन्स लिगमा उनले १५ गोल गरेका थिए । लालिगामा रोनाल्डोले ३ सय ११ गोल गरेकमा छन् । 

रानाल्डोले क्लबमा रहँदा १६ महत्वपुर्ण उपाधि जितेका छन् । उनले रियललाई ४ पटक च्याम्पियन्स लिग, तीन क्लब विश्वकप र दुई पटक लालिगाको उपाधि दिलाएका छन् । 

रोनाल्डोले क्लबका लागि ४४ ह्याट्रिक गरेका छन् । उनले लालिगामा मात्र ३४ ह्याट्रिक गरेका छन् । उनले २०१४–१५ को एकै सिजनमा ६१ गोल गरेका छन् । उनले हालसम्म आफ्नो करियरमा एकै सिजनमा गरेको धेरै गोलको संख्या यो नै सर्वाधिक हो । 

रानाल्डोले हालसम्म ६ सय ५९ गोल गरेका छन् ।स्पोर्टिङ लिसबनमा ५ गोल गरेका उनले, म्यानचेस्टर युनाईटेडमा १ सय १८, रियल म्याड्रिडमा ४ सय ५१ तथा पोर्चूगलका लागि ८५ गोल गरेका छन् । रुस विश्वकपको जारी सिजनमा पनि उनले टिमका लागी सर्वाधिक गोल गरेपनि पोर्चुगलले नकआउट चरण पार गर्न सकेन । 

व्यबसायीक फुटबलको लागी युभेन्टस पुगेका रोनाल्डोले पछिल्लो सिजन केही खस्किएको युभेन्टसको प्रदर्शनलाई उकास्नेमा विश्वास गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved