आईसीसी महिला विश्वकप छनोटमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2016 | 11:00:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनौट प्रतियोगितामा नेपाली टिमले पौने १२ बजे हङकङको मिसन रोड मैदानमा हङकङसँग भिड्न लागेको हो।

रुबिना क्षेत्रीको कप्तानी रहेको नेपाली टिममा सरिता मगर, सिता राना मगर, नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, काजोल श्रेष्ठ, रश्मी शर्मा, करुणा भण्डारी र सब्नम राई छन् । त्यस्तै सरस्वती चौधरी, ज्योती पाण्डे, रोशनी बोहरा, निर्मला शाही छन् । प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।

पछिल्ला समय अधिकांश प्रतियोगितामा निराशाजनक खेल पस्किएको नेपाली टिमका लागि भने यो खेल सहज हुने छैन। नेपाली महिला क्रिकेट टिमले पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा भाग लिए यता कुनै प्रतियोगिता खेलेको छैन। 

पछिल्लो समयमा उत्कृष्ट प्रदशन गर्न नसकेको नेपाली महिला क्रिकेटका लागि प्रतियोगितामा आयोजक हङकङसहित चीन र थाइल्याण्डलाई जित्ने पर्ने दबाब रहेको छ। 

टि-२० फर्म्याटमा रहेको डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा अघिल्लो चरण प्रवेशका लागि नेपालले आफ्नो समूहमा रहेका हङकङसहित चीन र थाइल्याण्डलाई जित्ने पर्ने हुन्छ। नेपालले दोस्रो खेलमा सोमबार चीन र बुधबार थाईल्याण्डसंग खेल्ने छ। 

हङकङ विरुद्ध खेल्नकोलागी मैदानमा पुगिसकेको नेपाली महिलाटिम, फोटो: राजु बस्नेत (कोच)

एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ। 

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन। 

          

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved