विश्व विजेता जर्मनीको लगातार दोस्रो जित, मुलरले गरे दुई गोल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2016 | 11:31:20 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप २०१८ को छनौट अन्तर्गतको खेलमा जर्मनीले चेक गणतन्त्रलाई पराजित गरेको छ। गए राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई ३-० ले पराजित गर्दै ३ अंक बटुलेको छ। 

खेलको १३ औ मिनेटमा मुलरले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १-० ले अघि रहेको जर्मनीको लागि क्रसले ४९ औ मिनेटमा दोस्रो गोल गरे। त्यस्तै खेलको ६५ औ मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे। 

समूह सी मा रहेको जर्मनीले दुई खेलबाट ६ अंक बटुल्दै समूहमा शिर्ष स्थानमा छ। यता चेक गणतन्त्र १ अंक सहित चौथो स्थानमा छ। समूह सी अन्तर्गत नै राति भएको खेलमा नर्वे अजरबैजानसँग १–० पराजित भयो । अर्को खेलमा नर्दन आयरल्याण्डले सान मारिनोलाई ४–० ले हरायो । लगातार दुई खेल जितको अजरबैजान ६ अंकसहित दोस्रो स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved