आईसीसी महिला विश्वकप एसियाली छनोटमा नेपाल हङकङसँग पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2016 | 05:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम हङकङसँग पराजित भएको छ। इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनौट प्रतियोगितामा नेपाली टिम हङकङसँग ६ विकेटले पराजित भएको हो। 

तस्विर -  आईसिसी

पहिले टस जितेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा अल आउट हुँदै मात्र ७७ रन जोड्न सफल रह्यो। नेपालले दिएको झिनो ७८ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र ४ विकेटको क्षतिमा पुरा गर्यो।

हङकङको जितमा सजे वान यीपले सर्वाधिक ३३ रन जोडिन । त्यस्तै यास्मिन दास्वानीले  १३, मारिको हिल १० तथा सन्जेना शहेजाद ११ रनमा अविजित रहिन् । बलिङतर्फ नेपालकी निर्मला शाहीले २ विकेट लिईन भने करुणा भण्डारीले एक विकेट लिइन।

पहिले ब्याटिङ गरेको नेपालले मात्र ७७ रन जोड्यो। एक महिना मात्र प्रशिक्षण गरेको नेपाली टोलिका हङकङसंग खुलेर खेल्न सकेनन। ८ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालकी ओपनर ज्योति पाण्डे १ रनमा आउट भइन् । नेपालका लागि निर्मला शाहीले सर्वाधिक १८ रन जोडिन। त्यस्तै कप्तान रुबिना क्षेत्रिले १६ तथा इन्दु बर्माले ११ रन जोडिन। बाँकी अन्य खेलाडीले दोहोरो रन जोड्न समेत सकेनन। नेपालका खेलाडीलाई स्तब्ध पार्ने क्रममा हङकङकी मारिको हिल, चान का मान र चार्लोटि चानले समान दुई दुई विकेट लिए ।

हङकङबिरुद्द पहिलो खेलमा नै ६ विकेटको हार बेहोरेको नेपाली महिला क्रिकेट टोलीले भोली र पर्सी चाइना र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा हार बेहोरेको नेपाली महिला क्रिकेटका लागि प्रतियोगितामा चीन र थाइल्याण्डलाई जित्ने पर्ने दबाब रहेको छ। 

टि-२० फर्म्याटमा रहेको डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा अघिल्लो चरण प्रवेशका लागि नेपालले आफ्नो समूहमा रहेका हङकङसहित चीन र थाइल्याण्डलाई जित्ने पर्ने हुन्छ। नेपालले दोस्रो खेलमा सोमबार चीन र बुधबार थाईल्याण्डसंग खेल्ने छ। 

एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ। 

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन। 

             

      
    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved