एसियन गेम्स अन्तर्गतको पुरुष फुटबलको ‘ड्र’ फेरि सार्वजनिक गरिँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 19, 2018 | 12:44:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियन गेम्स अन्तर्गतको पुरुष फुटबलको ‘ड्र’ फेरि सार्वजनीक गरिने भएको छ । यसअघि सार्वजनिक भएको ‘ड्र’ लाई रद्ध गर्दै एएफसीले फेरि नयाँ समूह विभाजन गर्ने तयारी गरेको हो । सिरिया र प्यालेष्टाइनलाई पनि एसियन गेम्समा सहभागी गराउनुपर्ने भएपछि नयाँ ड्र सार्वजनिक गर्न लागिएको हो । 

पुरुष फुटबलअन्तर्गत  यसअघि सार्वजनिक गरिएको ‘ड्र’ अनुसार नेपाल समूह ‘डी’ मा परेको थियो । उक्त समूहमा जापान सहित भियतनाम र पाकिस्तान परेका थिए । यसअघि २४ टिमलाई ६ समूहमा विभाजन गरिएको थियो । एसियन गेम्स आगामी महिना इन्डोनेसियाको जाकार्तामा हुँदै छ । पुरुष फुटबलको भने अगष्ट १४ बाट सेप्टेम्बर १ सम्म हुदैछ । 

प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा भईसकेको छ । जसमा किरण चेम्जोङ, भरत खवास र रोहित चन्द सिनियर खेलाडीको रूपमा प्रतियोगितामा परेका छन् । एसियन गेम्समा २३ वर्षमुनिका खेलाडी समावेश हुने र २३ वर्षमाथिका ३ सिनियर खेलाडी राख्न पाउने व्यवस्था छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved