महिला विश्वकप एसियाली छनोटमा नेपालको दोस्रो हार, ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2016 | 11:01:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आफ्नो दोस्रो खेलमा समेत थाइल्याण्डसंग पराजित भएको छ। इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनौट प्रतियोगितामा नेपाली टिम थाइल्याण्डसंग ३ विकेटले पराजित भएको हो।

निर्मला शाही,अलराउन्डर, नेपाली राष्ट्रिय महिला क्रिकेट

पहिले टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रन जोडेको थियो । नेपालले दिएको झिनो ७६ रनको लक्ष्य थाइल्याण्डले १८ ओभर ४ बलमा ८ विकेटको क्षतिमा पुरा गर्यो।

थाइल्याण्डको जितमा चानिडा सुत्तिरुआङले सर्वाधिक अविजित २३ रन जोडिन् । त्यस्तै नट्टाकन चानटमले १३ तथा वोंग्पाकाले १० रन बनाइन् । बलिङतर्फ नेपालकी निर्मला शाहीले ३ तथा सरिता मगरले २ विकेट लिइन् ।

पहिले ब्याटिङ गरेको नेपालले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा मात्र ७६ रन जोड्यो। नेपालका लागि निर्मला शाहीले सर्वाधिक ३६ रन जोडिन। बाँकी अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन। 

कप्तान रुबिना क्षेत्री ७ रन तथा सरिता मगर ४ रनमा अविजित रहिन् । नेपाललाई सस्तोमा समेट्नका लागि थाईल्याण्डका लागि नटिया बूचाथम, वोङपाका लिएन्ग्प्रसेर्त,सुलेपोर्न लाओमी र रत्ताना सङसोमाले एक एक विकेट लिईन । 

अघिल्लो खेलमा आयोजक हङकङसँग ६ विकेटले पराजित भएको नेपालको ग्लोबल छनोटमा छनोटमा पुग्ने सम्भावना समाप्त भएको छ।  इंग्ल्यान्डमा अर्को वर्ष हुने विश्वकपको लागि ग्लोबल छनोटमा छनोट हुने सम्भावना जीवित राख्न थाइल्याण्डबिरुद्ध जित निकाल्ने पर्ने दबाबमा रहेको नेपाली टोलिका खेलाडी जमेर खेल्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले औपचारिकताका लागि अब बुधबार चीनसँग खेल्नेछ  

एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ। 

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved