बंगलादेशद्वारा इंग्ल्याण्ड पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2016 | 03:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो एकदिवसीय क्रिकेटमा बंगलादेशले इंग्ल्याण्डलाइ पराजित गरेको छ। आइतबार राति मिरापुरमा भएको दोस्रो एक दिवसीय क्रिकेटमा बंगलादेशले इंग्ल्याण्डलाई ३४ रनले पराजित गरेको हो। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ३८ रन जोड्यो। बंगलादेशले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४ ओभर ४ बलमा अलआउट हुदै २ सय ४ रनमा समेटियो। इंग्ल्याण्डका लागि जोस बटलरले सर्वाधिक ५७ रन जोडे। त्यस्तै जोनी ब्रिष्टोवले ३५, अदिल रशिदले अविजित ३३ रन बनाए। इंग्ल्यान्डलाई सस्तोमै समेट्ने क्रममा बंगलादेशका लागि माश्राफे मोर्टाजाले ४ तथा तास्किन अहमेदले ३ विकेट लिए ।

त्यस्तै पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ३८ रन जोड्न सफल रह्यो। घरेलु मैदानमा भएको खेलको फाइदा उठाउदै बंगलादेशका हमदउल्लाहले ७५ रन तथा माश्राफे मोर्टाजाले अविजित ४४ रन जोडे । त्यस्तै नासिर हुसेन २७ रनमा अविजित रहदा मुशाफिकर रहिमले २१ रन बनाए । इंग्ल्यान्डका क्रिस वोकस , अदिल रशिद र ज्योक्याब बलले समान दुई दुई विकेट लिए ।

बंगलादेशले दोस्रो एकदिवसीय खेलमा जित हासिल गरेसंगे सिरिज १-१ को बराबरीमा पुगेको छ। यस अघि इग्ल्यांडले बंगलादेशलाई २१ रनले जितेको थियो। तेस्रो एक दिवसीय खेल बुधबार हुने छ।       

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved