नेपालले ऐतिहासिक लर्ड्स मैदानमा नेदरल्याण्ड्स र एमसीसीसंग टि २० खेल्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 09:07:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आज आइतबार क्रिकेटको घर भनिने ऐतिहासिक लर्ड्स मैदानमा नेदरल्याण्ड्स र इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ । खेलको लागि नेपाली टोली एक साता अगाडी नै इंग्ल्याण्ड पुगेको छ । नेपालले त्यहाँ ३ अभ्यास खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको थियो । 

एमसीसीसँगको खेल नेपाली समय अनुसार बेलुका ६ बजेपछि शुरु हुनेछ । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सले नेपाली समय अनुसार राति साढे १० बजेपछि खेल्नेछन् ।  मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय ट्वेण्टी ट्वेण्टीको मान्यता दिएको छ । पहिलो खेल पौने ३ बजे नेदरल्याण्ड्स र एमसीसी बीच हुनेछ ।   एमसीसीको कप्तानी भेट्रान श्रीलंकाली क्रिकेटर महेला जयबर्द्धनेले गर्नेछन् ।

त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले बुधबार आफ्नो पहिलो एक दिबशीय खेल खेल्ने छ। शुक्रबार नेदरल्याण्डसंग नै दोस्रो खेल खेल्ने छ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved