लर्ड्स मैदानमा नेपाल र नेदरल्याण्डसको टि २० खेल सुरु (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 09:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

  क्रिकेटको घर भनिने ऐतिहासिक लर्ड्स मैदानमा अहिले नेपालले नेदरल्याण्डस संग अन्तराष्ट्रिय  टि २० खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।  मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय ट्वेण्टी ट्वेण्टीको मान्यता दिएको छ । 

 यस अगाडी नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको थियो  ।   नेपालले पाएको ४१ रन्को लक्ष्य नेपालले ४.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो   ।  नेपालको लागि सुबाश खकुरेलले १६ तथा ज्ञानेन्द्र मल्लले १२ रन जोडे भने अनिल शाहले ९ रन जोडे ।  खेल बर्षाको कारण ६ ओभरमा झारिएको थियो   ।  


खेलको लागि नेपाली टोली एक साता अगाडी नै इंग्ल्याण्ड पुगेको छ । नेपालले त्यहाँ ३ अभ्यास खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको थियो । त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले बुधबार आफ्नो पहिलो एक दिबशीय खेल खेल्ने छ।

हेर्नुस लाइभ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved