नेपालले नेदरल्याण्डस बिरुद्द एक दिबशीय खेलमा डेब्यु गर्दै, खेल नेपाली च्यानल मै लाइभ आउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 09:08:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले बुधबार नेदरल्याण्डस बिरुद्द एक दिबशीय खेलमा डेब्यु गर्दै छ  । नेपालले नेदरल्याण्डससंग उसकै मैदानमा २ वटा  एक दिबशीय खेल खेल्न लागेको हो  । खेलको लागि नेपाल एक साता अगाडी नै इंग्ल्यान्ड पुगेको छ । नेपालले इंग्ल्यान्डमा ३ अभ्यास खेल खेलेको थियो । जसमा २ मा जित र एकमा हार बेहोरेको थियो । 

त्यस्तै नेपालले लर्ड्स मैदानमा एमसीसीलाई पराजित गरेको थियो । लर्ड्स मै भएको नेपाल र नेदरल्याण्डस बिचको खेल भने बर्षाका कारण रद्द भएको थियो ।

नेपाल र नेदरल्याण्डसबीचको एक दिबशीय खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । 

नेपालले २०१८ को फेब्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो । नेपाली टोलीले आफ्नो २२ वर्षे अन्तर्राष्ट्रिय यात्रामा सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को माथिल्लो स्थानको यात्रा पक्का गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved