दशैँ टीकाको दिनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दियो खुसिको खबर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 11, 2016 | 11:15:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आफ्नो तेस्रो खेलमा चीनलाई पराजित गरेको छ। इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनौट प्रतियोगितामा नेपाली टिमले चीनलाई २० रनले पराजित गरेको हो।

हङकङको कोवलुनमा टस जितेर पाहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९५ रन जोड्यो। नेपालले दिएको ९६ रनको लक्ष्य पछ्याएको चीन पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ७५ रनमा नै सिमित रह्यो।

चीनका लागि यु जुवानले सर्वाधिक अविजित ११ रन बनाइन। त्यस्तै लि यिंगयिंगले अविजित १० रन र जोउ मियायोले १० रन जोडिन। बाँकी अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन। चीनलाई ७५ रनमा सिमित राखेर प्रतियोगितामा पहिलो जित दर्ता गराउन सफल नेपालका लागि सीताराना मगरले ३ र सबनम राइले २ तथा इन्दु बर्मा र सरिता मगरले १-१ विकेट लिए। 

नेपालका लागि नेरी थापाले सर्वाधिक ३८ रन बनाइन्। यस्तै निर्मला कुमारी शाहीले १४ तथा ज्योती पाण्डेले १० रन बनाइन्। बाँकी अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन। चीनका लागि लि यिंगयिंगले सर्वाधिक ५ विकेट लिईन। त्यस्तै लिउ जीले २ तथा कायुंन च्याउले १-१ विकेट लिए। 

यस अघिकै दुवै खेलमा हार बेहोरेको नेपाली टोलि भने प्रतियोगिताबाट बाहिरि सकेको छ। आजको खेल नेपालका लागि सान्त्वना जित मात्र साबित बनेको छ। अघिल्लो खेलमा आयोजक हङकङसँग ६ विकेट तथा थाइल्याण्डसंग ३ विकेटले पराजित भएको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको को ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त भएको छ।

नेरी थापा, नेपालको तर्फबाट सर्वाधिक ३८ रन जोड्न सफल   

एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ। 

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved