ऐतिहासिक एक दिबशीय खेल सुरु, टस हारेर नेदरल्याण्डसबिरुद्द बलिंङ् गर्दै नेपाल (हेर्नुसलाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 02:53:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले अहिले आफ्नो क्रिकेट इतिहास कै पहिलो एक दिबशीय खेल खेल्दै छ । नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको हो  । खेलमा नेपालले टस हारेर पहिले बलिंङ् गर्दै छ ।  

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले आज पहिलो खेल खेल्न लागेको हो । 

नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इन्डिनय प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

हेर्नुस लाइभ  । 

लाइभ सौजन्य : कान्तिपुर टेलिभिजन 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved