पहिलो एक दिवशीय खेल जित्न नेपाललाई १९० रन आवश्यक, पारस एक्लैले लिए ४ विकेट (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 06:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आफ्नो पहिलो एक दिवशीय खेल जित्नको लागि १९० रनको बिजयी लक्ष्य पाएको छ  । नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच भएको खेलमा नेदरल्याण्डसले नेपाललाई १९० रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डसले ४७.५ ओभरमा अल आउट हुदै १८९ रन जोडेको हो  । 

नेदरल्यान्डसको लागि माइकल रिपनले सर्बाधिक ५१ रन जोडे  । नेदरल्याण्डसलाई सास्तैमा समेट्न नेपालका कप्तान पारस खडकाले सर्बाधिक ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिए  । त्यस्तै बसन्त रेग्मी, सन्दिप लामिछाने, र करण केसीले समान १-१ विकेट लिए  । सोमपाल र करणले समान १-१ ओभर मेडन समेत फ्यालेका थिए  । ४ ओभर गरेका शक्ति गौचन भने विकेट बिहिन रहे  । 

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले आज पहिलो खेल खेलेको हो । 

नेपालले केहि बेरमा जवाफी ब्याटिंग गर्ने छ  । 

 हेर्नुस लाइभ  ।  । 

लाइभ सौजन्य : कान्तिपुर टेलिभिजन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved