नेदरल्यान्डस बिरुद्द अन्तिम बलमा रोमान्चक जित निकाल्दै नेपालले रच्यो इतिहास

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 10:34:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एक दिबशीय किक्रेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । नेदरल्याण्डस बिरुद्दको दोस्रो खेलमा नेपालले जित हात पारेको हो । नेदरल्याण्डसलाई १ रनले पराजित गर्दै नेपालले एक दिबशीय क्रिकेटमा बिजयी सुरुवात गरेको हो ।  

नेपालले दिएको २१७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्याण्डस पुरै ५० ओभर खेल्दै २१५ रन मात्र जोड्न सक्यो ।   नेदरल्याण्डसको लागि बारेसीले सर्बाधिक ७१ रन जोडे ।  

नेपालको लागि सन्दिप लामिछानेले ३ तथा ललित सिंह भण्डारीले २ विकेट लिए ।  सोमपाल कामी, पारस खण्ड, बसन्त रेग्मी, र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।  

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४८.५ ओभरमा अल आउट हुदै २ सय १६ रन जोडेको हो  । नेपालको लागि सोमपाल कामीले सर्बाधिक ६१ रन जोडे  । उनले ४६ बलमा ५ चौका र ३ छक्काको मदतमा ६१ रन जोडेका हुन्  । त्यस्तै कप्तान पारस खड्काले ५१ रन जोडे  । ज्ञानेन्द्र मल्लले १३, सुभाष खकुरेलले १९, अनिल शाहले ४, दिपेन्द्र सिंहले १९, रोहित पौडेलले ६, आरिफ शेखले १६, बसन्त रेग्मीले र सन्दिप लामिछानेले ८ रन बनाए भने ललित भण्डारी ४ रनमा नट आउट रहे  । 

 नेपालले आजको खेलको लागि ३ खेलाडी परिवर्तन गरेको थियो । आजको खेलमा करण केसीको स्थानमा ललित भण्डारी,  शरद भेषवाकरको स्थानमा सुवाष खकुरेल, र शक्ति गौचनको स्थानमा रोहित पौडेल आएका थिए  । 

यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved