चीनको जितसंगै नेपालको छनौट सम्भावना कायमै, आज आयोजक हङकङसँग प्रतिस्पर्धा गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2016 | 11:32:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनौटका नेपालले आज आयोजक हङकङसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको ८ औ तथा नेपालको चौथौ खेल हङकङको कोउलुन क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार पौने १२ बजे सुरु हुने छ। 

रुबिना क्षेत्रीको कप्तानी रहेको नेपाली टिममा सरिता मगर, सिता राना मगर, नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, काजोल श्रेष्ठ, रश्मी शर्मा, करुणा भण्डारी र सब्नम राई छन् । त्यस्तै सरस्वती चौधरी, ज्योती पाण्डे, रोशनी बोहरा, निर्मला शाही छन् । प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।

यस प्रतियोगितामा नेपालले यस अघिका तीन खेलमा १ मा जीत र २ मा हार बेहोरेको छ। नेपालले आफ्नो पहिलो खेल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसंग ३ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा चीनलाई २० रनले पराजित गरेको नेपालका लागि आजको खेल बिशेष हुने छ। 

प्रतियोगितामा छनौटको सम्भावना कायम राख्नका लागि पनि नेपालले आजको खेल कुनै पनि हालतमा जित्ने पर्ने दबाब रहेको छ। चीनले थाइल्याण्ड बिरुद्दको खेल जितेसंगे अघिल्लो चरणमा छनौटका लागि नेपालको सम्भावना बढेको हो। नेपाल अंक तालिकामा २ अंक सहित तेस्रो स्थानमा छ भने हङकङ ४ अंक सहित दोस्रो  स्थानमा छ।    


टि-२० फर्म्याटमा रहेको डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ। 

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved