नेपाल थाइल्याण्डसंग पराजित, सुधारिएको प्रदशन गरेको नेपालको छनौट सम्भावना के होला ?   

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 14, 2016 | 10:46:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनौट अन्तर्गतको आजको खेलमा नेपाल थाइल्याण्डसंग पराजित भएको छ। हङकङको वोङनाईस्थित हङकङ क्रिकेट क्लबको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल १ विकेटले पराजित भएको हो। 

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेटको क्षतिमा १०८ रन जोड्यो। थाइल्याण्डले १८ ओभर ४ बल खेल्दै ९ विकेटको क्षतिमा  नेपालले दिएको १०९ रनको लक्ष्य भेट्टायो। संघर्षपूर्ण जितमा थाइल्याण्डका लागि छनिदा सुतिरुंगले सर्वाधिक अविजित २७ रन जोडिन। त्यस्तै नट्टाकान छनतम २३, सिरिनिता १६, वोंग्पाकाले ११ रन जोडिन। नेपालका लागि उत्कृष्ट प्रदशन गर्दै करुणा भण्डारीले सर्वाधिक ४ विकेट लिईन भने सिता राना मगर र रुबी क्षेत्रीले समान २-२ विकेट तथा निर्मला कुमारीले १ विकेट लिईन। 

करुणा भण्डारी: आजको खेलमा सर्वाधिक ४ विकेट लिन सफल 

पहिले ब्याटिङ गरेको नेपालका लागि नेरी थापाले सर्वाधिक अविजित ३२ रन जोडिन। त्यस्तै इन्दु बर्मा २६, निर्मला कुमारी २०, ज्योति पाण्डे १३ तथा रुबिना क्षेत्रीले अविजित १० रन जोडिन।

प्रतियोगितामा समान ५-५ खेल खेलेका थाइल्याण्ड ४ जित र १ हार सहित ८ अंकको साथमा अंक तालिकामा शिर्ष स्थानमा छ  भने नेपाल २ जित र ३ हार सहित ४ अंकको साथमा अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। आज हार बेहोरेसंगै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त भएको छ। 

रुबिना क्षेत्रीको कप्तानी रहेको नेपाली टिममा सरिता मगर, सिता राना मगर, नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, काजोल श्रेष्ठ, रश्मी शर्मा, करुणा भण्डारी र सब्नम राई छन् । त्यस्तै सरस्वती चौधरी, ज्योती पाण्डे, रोशनी बोहरा, निर्मला शाही छन् । प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।

नेरी थापा: सर्वाधिक अविजित ३२ रन जोड्न सफल

नेपालले आफ्नो पहिलो खेल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसंग ३ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा चीनलाई २० रनले पराजित गरेको नेपालले पुन: हङकङलाई ६ रनले पराजित गर्दै छनौट हुने झिनो आशा बाँकी राखेपनि थाइल्याण्डसंगको आफ्नो पाचौ खेल हारेपछि छनौट सम्भावना 'समाप्त' भएको हो। नेपालले अन्तिम खेलमा चिनको सामना गर्नेछ l

टि-२० फर्म्याटमा रहेको डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ।     

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved