एसियन गेम्स: रुस बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको जापानसंग नेपालले प्रतिस्पर्धा गर्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 04:17:05 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले आज जापानसँग खेल्दै एशियन गेम्सको शुरुवात गर्न लागेको हो । 
इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो । 

एशियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले जापानपछि भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग खेल्नेछ । नेपालभन्दा जापान निकै बलियो टोली हो । जापान फिफा बरियतामा ६१ औँ र नेपाल १६१ औँ स्थानमा छ । जापान विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको मुलुक हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved