ला लिगाको कुनै पनि खेल टिभीमा लाइभ हेर्न नपाइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 05:18:38 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका चर्चित स्पेनिस ला लिगाको खेलहरु टिभीमा हेर्न नपाइने भएको छ । नेपाल सहित भारत, अफगानीस्तान, बङ्लादेश, भुटान, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानमा खेल टिभीमा लाइभ हेर्न नपाइने भएको हो ।

ला लिगको यस सिजन आगामी शनिवार देखि सुरु हुदै छ। यस सिजनको खेल लाइभ देखाउने अधिकार फेसबुकले किने संगै नेपाल सहितका देशमा खेल टिभीमा लाइभ हेर्न नपाइने भएको हो। यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर अहिले यो अधिकार फेसबुकले किनेको हो  ।  

सम्झौता अनुसार फेसबुकले माथि उल्लेखित देशहरुमा ला लिगाको आधिकारिक फेसबुक पेज बाट र खेल खेल्ने सम्बन्धित टोलीको आधिकारिक फेसबुक पेजबाट एक साथ खेलको प्रत्यक्ष प्रसारण गर्ने । यो प्रत्यक्ष प्रसारण हेर्न कुनै पनि थप शुल्क तिर्नु नपर्ने र कुनै सब्सक्रिपसंन लिनु नपर्ने पनि फेसबुकले जनाएको छ  । 

फेसबुकले कति मूल्यमा यो अधिकार किनेको हो भन्ने बारे दुवै पक्षले केहि सार्बजनिक गरेका छैनन् । फेसबुकले ३ सिजनको लागि अधिकार किनेकोले ३ सिजनसम्म खेल टिभीमा हेर्न नपाइने निश्चित छ  । ला लिगाको बार्सिलोना र रियल म्याड्रिडको खेलमा बिश्वभर सर्बाधिक दर्शक हुने गर्दछन  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved