बिश्वकपपछि फिफा बरियतामा उथलपुथल, फ्रान्स, क्रोएसिया र रसियाको छलाङ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 16, 2018 | 06:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकपपछि फिफा बरियतामा उथलपुथल भएको छ । पहिलो पटक नयाँ बिधि प्रयोग गरेर सार्बजनिक भएको फिफा बरियतामा बिश्वकपमा उत्कृष्ट प्रदर्सन गर्ने देशहरुले छलाङ मारेका छन्   । 

नयाँ बरियता अन्सुअर बिश्वकप जितेको फ्रान्स ६ स्थान माथि उक्लदै शिर्ष स्थानमा पुगेको छ  । त्यस्तै दोस्रोमा बेल्जियम र तेस्रोमा ब्राजिल रहेको छ  । बिश्वकप अघि यी क्रमश तेस्रो र दोस्रो स्थानमा थिए  । बिश्वकप्को उप बिजेता क्रोएसिया १६ औ स्थान माथि उक्लदै चौथो स्थानमा पुग्न सफल भएको छ  । ९ स्थान माथि उक्लड़िया युरुग्वे ५ औ स्थानमा पर्न सफल भएको छ  । 

त्यस्तै छैठौमा इंग्ल्यान्ड, सातौमा पोर्चुगल, आठौमा स्विजरल्याण्ड, ९ औमा स्पेन र डेनमार्क रहेका छन्  । स्पेन र डेनमार्क दुबैको बराबरी अंक छ  । 

अर्जेन्टिना ११ औ स्थानमा पुगेको छ भने विश्वकप अगाडी शिर्ष स्थानमा रहेको जर्मनी भने १५ औ स्थानमा पुगेको छ  । नयाँ बरियतामा रसियाले छलांग मारेको छ  । रसियाले २१ स्थान सुधार गर्दै ४९ औ स्थानमा पर्न सफल भएको छ  । इजिप्ट भने सबै भन्दा धेरै खस्किएको छ  । इजिप्ट २० स्थान तल झर्दै ६५ औ स्थानमा पुगेको छ  । 

दक्षिण एसियामा भने भारत १ स्थान माथि उक्लदै ९६ औ स्थानमा पुगेको छ  । अफगानिस्तान १४५ औ, माल्दिभ्स १५० औ, नेपाल १६१ औ, भुटान १८३ औ, बंगलादेश १९४ औ तथा पाकिस्तान २०१ औ स्थानमा केन छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved