चीनबिरुद्द नेपालको शानदार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2016 | 12:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनौट अन्तर्गतको आजको खेलमा नेपालले चीनलाई पराजित गरेको छ। हङकङको मोङ ककस्थित मिसन रोड मैदानमा भएको आजको खेलमा नेपालले चीनलाई ४ विकेटले पराजित गरेको हो।

नेपाली टोलिले १७ ओभर ३ बलमा ६ विकेटको क्षतिमा चीनले दिएको ८६ रनको लक्ष्य भेट्टायो। नेपालका लागि नेरी थापाले सर्वाधिक २२ र सिता राना मगरले २० रन जोडिन्। त्यस्तै कप्तान रुबिना क्षेत्री १३ रनमा अविजित रहिन् भने इन्दु बर्माले १० रन जोडिन् । बलिङतर्फ चीनकी फङफङ सङ, झ्योङयुङ लु र वु जुवानले एक एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा मात्र ८५ रन जोड्न सफल रह्यो। चीनका लागि फेंगफेंग सोंगले सर्वाधिक ३४ र जो मियायोले १८ तथा चाइ युडीएनले १० रन जोडिन। चीनलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिईन। त्यस्तै निर्मला कुमारी र करुणा भण्डारीले समान एक एक विकेट लिए। 

रुबिना क्षेत्रीको कप्तानी रहेको नेपाली टिममा सरिता मगर, सिता राना मगर, नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, काजोल श्रेष्ठ, रश्मी शर्मा, करुणा भण्डारी र सब्नम राई छन् । त्यस्तै सरस्वती चौधरी, ज्योती पाण्डे, रोशनी बोहरा, निर्मला शाही छन् । प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।

प्रतियोगितामा कुल ६ खेल खेलेको नेपालले ३ जित र ३ हार बेहोर्दै छनौट चरणबाट बाहिरिएको छ। नेपालले आफ्नो पहिलो खेल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसंग ३ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा चीनलाई २० रनले पराजित गरेको नेपालले पुन: हङकङलाई ६ रनले पराजित गर्दै छनौट हुने झिनो आशा बाँकी राखेपनि थाइल्याण्डसंगको आफ्नो पाचौ खेल हारेपछि छनौट सम्भावना 'समाप्त' भएको हो। चीनसंग आजको जित नेपालको लागि सान्तवना जित मात्रै बनेको छ। 

टि-२० फर्म्याटमा रहेको डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ।     

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved