एसिया कप छनौटको लागि नेपाली टोली श्रीलंका प्रस्थान, सन्दिपले अभ्यास खेल गुमाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 20, 2018 | 01:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा हुने एसिया कप क्रिकेटको छनौट प्रतियोगिताको तयारी गर्न नेपाली राष्ट्रिय टोली श्रीलंका प्रस्थान गरेको छ। नेपाली टोली श्रीलंकामा एक साता रहने छ।त्यस कर्ममा नेपालले त्यहाको स्थानिय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ।

नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम संग पानगोडा मैदानमा , अगष्ट २४ मा  ब्लुमफिल्डसंग ब्लुमफिल्ड मैदानमा र अगष्ट २६ मा कोल्टसंग कोल्ट मैदानमा ३ खेल खेल्ने भएको हो ।

१४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर, ब्याटिङ कन्सलट्यान्ट र भिडियो एनालिस्टसहित २० सदस्यसीय टोली श्रीलंका प्रस्थान गरेको हो। श्रीलंकाबाट नेपाली टोली अगष्ट २७ मा मलेसिया जानेछ।  नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् । 

सन्दीप लामिछाने हाल वेस्ट इन्डिजमा सीपीएल खेलिरहेकाले उनी अगष्ट २८ मा सिधै मलेशिया पुग्ने छन् । सीपीएलमा व्यस्त रहेका कारणले सन्दिपले श्रीलंकामा हुने नेपालको तिन वटै अभ्यास खेल गुमाउने छन्  ।

प्रतियोगितामा नेपाल सहित ओमान, युएई, मलेशिया, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन लिगको आधारमा हुने यस प्रतियोगिताको शिर्ष २ स्थानमा पुग्ने टोलीले फाइनल खेल्ने छन् । फाइनल जित्ने टोली एसिया कपको लागि छनौट हुनेछ ।एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । छनोटको बिजेताले एशिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved