उत्कृष्ट खेलाडीमा यी तीनबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 21, 2018 | 12:31:24 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन फुटबल महासंघ (युइएफए) ले वर्षको उत्कृष्ट खेलाडिको सूची सार्वजनिक गरेको छ । युइएफएले वर्षको उत्कृष्ट ३ खेलाडीको सुची सार्वजनिक गरेको हो । 

सार्वजनिक भएको सूचीमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी परेका छैनन् । ब्राजिलका नेयमार जुनियर पनि सूचिमा अटाईएनन् । 

सूचीमा रियल मड्रिडका पूर्व स्टार तथा अहिलेका युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो, लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच रहेका छन् । 

यो अवार्ड च्याम्पियन्स लिगको ड्र का बेला प्रदान गरिनेछ । युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा ३ खेलाडीको सुची सार्वजनिक गरिएको हो । गत वर्ष यो अवार्ड रोनाल्डोले जितेका थिए । उनले अहिलेसम्म ३ पटक यो अवार्ड जितिसकेका छन् ।

रोनाल्डोले गएको वर्ष रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्दा महत्वपूर्ण भुमिका खेलेका थिए । रोनाल्डो अहिले रियल छाडेर इटालियन क्लब युभेन्टमा छन् । विश्वकप फुटबलमा पनि रोनाल्डोले ४ गोल गरेका थिए । 

यता लुका मोड्रिचले आफ्नो राष्ट्र क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याएका थिए । उनी रुस विश्वकपको उत्कृष्ट खेलाडी पनि हुन् । मोड्रिच रियल मड्रिडका नियमित खेलाडी हुन् । 

यस्तै मोहम्मद सलाहले गएको सिजन प्रिमियर लिगमा ४४ गोल गर्नुका साथै लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए । तर फाइनलमा भने लिभरपुल रियलसँग पराजित भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved