नेपाल एसिया कपमा छनोट , भारत र पाकिस्तान लगायतका राष्ट्रसंग खेल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2016 | 11:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनौट प्रतियोगितामा दोस्रो रहदै नेपालले महिला एसिया कप प्रतियोगितामा आफ्नो स्थान पक्का गरेको छ। आजको खेलमा चीनलाई पराजित गर्दै ६ अंक सहित प्रतियोगितामा दोस्रो स्थान रहँदै एसिया कप प्रतियोगतामा छनौट भएको हो।

थाईल्याण्डमा २०१६ अन्तिममा आयोजना हुने महिला एसिया कप प्रतियोगितामा आयोजकको रुपमा थाईल्याण्ड खेल्ने छ भने नेपाल प्रतियोगितामा दोश्रो रहदै छनौट भएको हो। महिला एसिया कप प्रतियोगितामा टेस्ट राष्ट्रका टोलिहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश सहित नेपाल र थाईल्याण्डले प्रतिस्पर्धा गर्नेछन।  

प्रतियोगितामा पहिलो बन्दै थाइल्याण्ड १० अंक सहित अंक तालिकामा शिर्ष स्थानमा रही महिला विश्वकपको लागि एसोसियट राष्ट्रहरुको तर्फबाट फाइनल राउन्डको छनौट 'ग्लोबल क्वालिफायर ' हुन सफल भएको छ।

रुबिना क्षेत्रीको कप्तानी रहेको नेपाली टिममा सरिता मगर, सिता राना मगर, नेरी थापा, नीरा राजोपाध्याय, इन्दु बर्मा, काजोल श्रेष्ठ, रश्मी शर्मा, करुणा भण्डारी र सब्नम राई छन् । त्यस्तै सरस्वती चौधरी, ज्योती पाण्डे, रोशनी बोहरा, निर्मला शाही छन् । प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।

प्रतियोगितामा कुल ६ खेल खेलेको नेपालले ३ जित र ३ हार बेहोर्दै छनौट चरणबाट बाहिरिएको छ। नेपालले आफ्नो पहिलो खेल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डसंग ३ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा चीनलाई २० रनले पराजित गरेको नेपालले पुन: हङकङलाई ६ रनले पराजित गर्दै छनौट हुने झिनो आशा बाँकी राखेपनि थाइल्याण्डसंगको आफ्नो पाचौ खेल हारेपछि छनौट सम्भावना असफल रह्यो। 

टि-२० फर्म्याटमा रहेको डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा एसियाली छनोटको शीर्ष स्थानमा रहेको थाइल्याण्डले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिन पाउने छ । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपका लागि छनोट हुनेछ।     

इंग्ल्यान्डले आयोजनामा हुने सन् २०१७ को महिला विश्वकप जुन २६ देखि जुलाई २३ सम्म चल्नेछ। महिला विश्वकपको ११ औं सस्करणको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ टोली आईसीसीको शीर्ष आठ टोलीबीचको छनोटबाट आउनेछन् भने अन्य चार टोली आईसीसीको छनोटमा पर्ने टिमले खेल्ने छन।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved