बहराइनकी चेलिमोले जितिन एसियाड म्याराथनमा स्वर्ण पदक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2018 | 04:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् । 

चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व गरेकी थिइन् । तर त्यस पटक उनले आठौ स्थान हासिल गरेकी थिइन् । गएकाे वर्ष लन्डनमा भएको विश्व च्याम्पियनसीपमा उपाधि जितेकी थिइन् । 

जापानकी केइकी नोगामीले दोस्रो हुँदै रजत पदक जितिन् भने तेस्रो स्थानमा रहेकी उत्तर कोरियाकी कीम हे सोङले कास्य पदक पाइन् । शनिबार सम्पन्न पुरुषतर्फको म्याराथनमा जापानका हिरोतो इनाउले बहराइनकै एलहस्सन इलाबास्सीलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved