ओमानलाई २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट ब्याटिंङ (लाइभ अपडेट)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 11:05:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिंग गरेको  नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१  रन जोडेको हो । 

नेपालको लागि सागर पुनले सर्बाधिक ८३ रन जोडे । त्यस्तै ज्ञानेन्द्र मल्लले ४५ रन, आसिफ शेखले ३६ रन, करण केसीले १० बलमै २६ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन । 

 प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएइ, सिंगापुर र हङकङ रहेका छन् । प्रतियोगिताको फाइनल जित्ने टोलीले एसिया कपमा सहभागिता जनाउने छ ।  एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलङ्कन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो । 

खेलको लाइभ अपडेटको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved