एसियाली खेलकुदमा प्याराग्लाइडिङतर्फ नेपालले जित्यो रजत पदक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 02:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेसियामा जारी १८ औ एसियाली खेलकुद प्रतियोगितामा नेपालले प्याराग्लाइडिङतर्फ रजत पदक जित्न सफल भएको छ । बुधबार भएको पुरुष टिम क्रस कन्ट्रीतर्फ नेपालले रजत पदक जितेको हो ।   

जापानसंग झिनो अंकले पराजित हुदै नेपालले रजत मै चित्त बुझाएको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो । केवल २७ अंकले नेपाल दोस्रो भएको हो ।

क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए। यसअघि १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन। पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ नेपालले खराब प्रदर्शन गरेको बेला प्याराग्लाइडिङमा नेपालले पदक जितेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved