युएई बिरुद्द सन्दिपले लिए ४ विकेट, नेपाललाई २५५ रनको लक्ष्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 11:11:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एशिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले २५५ रनको बिजयी लक्ष्य प्राप्त गरेको छ  ।  टस हारेर पहिले ब्याटिंग गरेको युएई निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २५४ रन जोडेको हो  । 

युएईका लागि चिराग सुरीले सर्बाधिक ६५ रन जोडे भने आसफक एहमदले ४५ रन जोडे  । त्यस्तै रमिज शहजाद ३५ रन तथा अदनन मुफ्तीले नट आउट ५७ रन जोडे  । 

नेपालका लागि सन्दिप लामिछानेले सर्बाधिक ४ विकेट लिए भने बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए ।  एक खेलाडी भने रन आउट भएका थिए  । 

यस अघि आफ्नो पहिलो खेलमा नेपालले ओमानसंग ७ विकेटको पराजय भोगेको थियो ।

 प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएइ, सिंगापुर र हङकङ रहेका छन् । प्रतियोगिताको फाइनल जित्ने टोलीले एसिया कपमा सहभागिता जनाउने छ ।  एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलङ्कन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved