यस्तो छ एफसी सोलिडारिटी कपको खेल तालिका, बंगलादेश नआएपछि नेपाललाई फाईदा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2016 | 04:59:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली फुटबल महासंघ एएफसीले मलेशियामा हुने एएफसी सोलिडारिटी कपको खेल तालिका सार्बजनिक गरेको छ  । सार्बजनिक तालिका नेपाल समुह एमा परेको छ । समुह ए मा नेपाल संगै टिमोर लिस्टे र ब्रुनाई छन् । समुह बिमा भने श्रीलंका , मकाउ, मंगोलिया र लाओस छन् ।

नेपालको समुहमा बंगलादेश पनि हुनु पर्ने भएपनि उसले अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने निर्णय गरेपछि नेपालको समुहमा ३ टोली मात्र भएको हो ।  यसले नेपाललाई भने फाइदा पुगेको छ । समुह चरणपछि बिजेता र उप बिजेताले नक आउट चरणमा प्रवेश पाउने भएकाले नेपाललाई फाइदा भएको हो । यो संगै नेपालको नक आउट चरण पुग्ने सम्भावना बढेको हो । 

नेपालले समुह चरणमा नोभेम्बर ५ (कात्तिक २० गते)  टिमोर लिस्टे र नोभेम्बर ८ (कात्तिक २३ गते)  ब्रुनाईसंग खेल्ने छ । नेपाल समुह चरणपछि समुह बिजेता भए, समुह बिको उपविजेता संग खेल्ने छ । त्यस्तै समुहमा नेपाल उप बिजेता भए समुह बीको बिजेतासंग खेल्ने छ । समुह चरणमा तेस्रो स्थनमा रहे नेपाल बाहिरिने छ । एएफसीले २०१८ को विश्वकप र २०१९ को एशिया कपबाट बाहिरिएका टिमहरुबिच एएफसी सोलिडारिटी कप आयोजना गर्न लागेको हो । 

यस्तो छ तालिका ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved